काठमाडौं २४ फागुन । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ। फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ।
अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद् का अध्यक्ष डा।बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ। यस निर्णयबाट अबदेखि कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवसँग मात्र नरहेको भट्टराईपक्षीय नेताहरूको बुझाइ छ। उनीहरूको बुझाइमा कार्यकारिणी अधिकार अबदेखि संघीय परिषद्का अध्यक्ष भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता राईसँग रहेको छ।
यो निर्णयपछि अबदेखि जसपाको कार्यकारिणी अधिकार ३ नेतामा पुगेको छ भन्ने प्रष्ट बुझिन्छ,ु कार्यकारिणी समितिका सदस्य रमेश यादवले भने, ुपहिले कार्यकारिणी अधिकार उपेन्द्र यादवसँग मात्रै थियो। अब कार्यकारिणी अधिकार तीनजना नेतामा बाँडिएको छ।ु जसपका अर्का एक कार्यकारिणी समितिले भने, ुउहाँ (यादव)ले पूर्णरूपमा कार्यकारिणी अधिकार आफूसँग केन्द्रित गर्न खोज्नु भएको थियो। यसको अभ्यास पनि गर्नुभयो । आजको नागरिक दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend