आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सुनको मूल्य तोलाको एक लाख तीन हजार पुग्यो

सुनको मूल्य तोलाको एक लाख तीन हजार पुग्यो

 

 

काठमाडौँ २३ फाल्गुन । सुनको मूल्य सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend