काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लड्दै आएको नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस र एमालेबीच छलफल भएको पनि बताए ।
उनले छलफलमा वर्तमान राज्य सञ्चालन प्रणाली र संविधान रक्षाका लागि मूलभुत रूपमा समझदारीका साथ अघि बढ्ने सहमति भएको जानकारी दिए ।
“एमसीसीको विषयमा मात्र छलफल भएको हैन । हामीले कांग्रेससँग हाम्रा अडान छोड्छौँ भनेनौँ । हामी यसमा अहिले पनि छौँ । लोकतन्त्र र संविधान रक्षाका लागि हामी दुई पार्टी काम गरिरहेका छौँ,” उनले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend