काठमाडौं १७ फाल्गुन । नेकपा एमालेले आफ्नो पार्टी विभाजनको लागि सत्ता गठबन्धनले एमसीसी हतियारको रुपमा प्रयोग गरेको एमालेले आरोप लगाएको छ ।
एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेले सो आरोप लगाएको हो ।
त्यस्तै अनुमोदन भएको एमसीसी कार्यान्वयन हुनुपर्छ एमालेले बताएको छ । अध्यक्ष ओलीको प्रेस विज्ञप्ति वाचन गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘एमसीसी परियोजनासँग सम्बन्धित सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ ।’ प्रतिनिधि सभाको बैठकले गत आइतबार एमसीसी र सोसँग सम्बन्धित व्याख्यात्मक घोषणा पारित गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend