आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राना एमालेमै फर्किए

राना एमालेमै फर्किए

काठमाडौँ १७ फागुन । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य डिट्ठा राना एमालेमै फर्किएका छन्।

जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्यसमेत राना धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यक्रमबाट एमालेमै फर्किएका हुन्। नेकपा एमालेको चुनाव केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा रानाले एमाले फर्किएको घोषणा गरेका हुन्।

उनलाई एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलगायतले स्वागत गरेका छन्। प्रतिनिधि सभाबाट अमेरिकी सहयोग सम्झौता एमसीसी पास गरिएपछि माओवादी केन्द्र र माधव नेपालको समाजवादी पार्टी छाड्ने क्रम सुरु भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend