सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय सहमतिविना देश जोगिँदैन : गोविन्द्र निरौला

राष्ट्रिय सहमतिविना देश जोगिँदैन : गोविन्द्र निरौला

काठमाडौँ। नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द्र निरौलाले देशको वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै राजा, राजनीतिक दल र जनताबीच राष्ट्रिय सहमति कायम नगरे देश जोगिन नसक्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ‘मोनी र मसल्स’को भरमा सम्पन्न हुने चुनावको कुनै अर्थ नहुने टिप्पणी गरेका छन्। धन र शक्ति प्रयोग गरेर गरिने निर्वाचनले लोकतन्त्र सुदृढ नहुने उनको तर्क छ।

अध्यक्ष निरौलाले देशलाई संकटबाट जोगाउन राजा, जनता, आन्दोलनरत पक्ष तथा सबै राजनीतिक दलबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर साझा सहमतिको वातावरण बनाउन आग्रह गरेका छन्।

उनले वर्तमान परिस्थितिमा टकराव र आरोप–प्रत्यारोपभन्दा संवाद र सहकार्यको बाटो रोज्नुपर्ने धारणा व्यक्त गरेका छन्। देशको स्थायित्व, शान्ति र समृद्धिका लागि सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend