सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सव इन्जिनियर प्रमोद यादवको हत्याप्रति नेपाल इन्जिनियर्स एशोसिएसनको कडा विरोध

सव इन्जिनियर प्रमोद यादवको हत्याप्रति नेपाल इन्जिनियर्स एशोसिएसनको कडा विरोध

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीमा कार्यरत सव इन्जिनियर प्रमोद यादवमाथि भएको गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एशोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मिति २०८२ फागुन ३ गते आइतबार भौतिक पूर्वाधार विकास कार्यालय सर्लाही मलंगवामा कार्यरत सव इन्जिनियर प्रमोद यादवमाथि अज्ञात व्यक्तिबाट दिनदहाडै गोली प्रहार गरी हत्या गरिएको घटनाको घोर निन्दा तथा भर्त्सना गरिएको छ।

विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीमाथि भएको उक्त पाशविक घटनाको सत्यतथ्य अनुसन्धान तथा छानबिन गरी अपराधमा संलग्न दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न स्थानीय प्रशासन, मधेश प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ।

एशोसिएसनले घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी दायरामा ल्याउन माग गर्दै अन्यथा आफूहरू थप कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ। उक्त विज्ञप्तिमा एशोसिएसनका महासचिव विनोद प्रकाश पण्डितले हस्ताक्षर गरेका छन्।

May be an image of text

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend