काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा उम्मेदवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कार्यक्रम यही माघ २४ गते शनिबार बिहान ११ः३० बजे काठमाडौंको शंखमूल मार्गस्थित अर्याल होटलमा आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार राम बहादुर चौहान सहभागी हुनुहुनेछ। भेटघाट तथा अन्तरक्रियामार्फत उम्मेदवार चौहानले आफ्नो राजनीतिक धारणा, प्रतिबद्धता र आगामी कार्ययोजनाबारे जानकारी गराउने तथा सहभागीहरूको जिज्ञासा सुन्ने कार्यक्रम रहेको आयोजकले बताएको छ।
अर्घाखाँचीबाट आएर काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ। कार्यक्रमले अर्घाखाँची–काठमाडौं सम्पर्कलाई मजबुत बनाउने र राजनीतिक संवादलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend