काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव आयोजना गर्ने भएको छ। प्रतिष्ठानले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आदिवासी ज्ञान सम्मेलन महोत्सव २०८२ आयोजना गर्न लागिएको जनाएको हो।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले पुस्तौँदेखि अभ्यासमा रहेका ज्ञानको संरक्षण र पुस्तारन्तण गर्ने अभ्यासलाई फराकिलो बनाउन प्रतिष्ठानले पहिलो पटक आदिवासी ज्ञान सम्मेलन–महोत्सव आयोजना गरेको जानकारी दिए।
माघ २५ देखि २७ गतेसम्म आयोजना गरिने सम्मेलनका क्रममा आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने उनले जानकारी दिए।
आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैंगिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण तथा समावेशी विकासका विविध पक्षमा समेत छलफल गरिने उनको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend