मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रचण्डले यस्तो कदम चाल्नु आफैंमा घातकः रामप्रसाद रिजाल

प्रचण्डले यस्तो कदम चाल्नु आफैंमा घातकः रामप्रसाद रिजाल

काठमाडौं २०७९ फाल्गुन १५ गते । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले प्रचण्डको अस्थिर स्वभावको कारणले मुलुक संकटमा फस्ने बताएका छन । माओवादी केन्द्रका अध्य्रक्ष तथा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न नयाँ गठबन्धन बनाएको भन्दै उनले यस्तो बताएका हुन् । एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले यस्तो कदम चाल्नु आफैंमा घातक भएको नेता रिजालले बताए ।

उनले भने, ‘जनमत कसरी घट्यो र ३२ सिटमा खुम्चिनु पर्‍यो अझै विश्लेषण गर्न सक्नुभएन । सत्तामा बस्दैमा जनमत बढ्ने भए पाँच पार्टीको भोट पाएको र कयौं ठाउँमा बुथ कब्जा गरेको कांग्रेसले बहुमत ल्याउँथ्यो होला , २४ जना सांसद लिएर विभाजन भएको एसले अझै धेरै सिट ल्याउन पर्थ्यो होला , देशभित्र र बाहिरका सबैले घेराबन्दी गरेको एमाले दुई र चार सिटमा सिमित हुन पर्थ्यो होला ।’

नेकपा (एमाले) ले बिस्तारै कम्युनिष्टहरुलाई एकताको बाटोतिर अगाडि बढाउने सोचको साथ प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै नेता रिजालले विदेशीहरुको चलखेल रोक्ने हदैसम्म कोशिश गर्दा पनि प्रचण्ड झूकेको आरोप लगाए । उनले भने, ‘हेर्दै जाउँ अवको जनमत प्रचण्डको विरुद्धमा प्रकट हुनेछ र पार्टीको अस्तित्व जोगाउन उहाँलाई कठिन हुनेछ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend