सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

गुल्मी चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

गुल्मी चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १४ गते । गुल्मी चेम्बर अफ कमर्सले नयाँ नेतृत्व पाएको छ। दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले दुर्गाप्रसाद पाण्डेको अध्यक्षतामा १७ सदस्य रहेको जिल्ला कार्यसमिति चयन गरेको छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल पुनः निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा रेमलाल पाण्डे, सीता विश्वकर्मा निर्वाचित भएको चेम्बर कमर्स गुल्मीले जनाएको छ।

महासचिवमा यज्ञप्रसाद पन्थी तथा सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे, हरिकिरण ठकुरी निर्वाचित भएका छन्। समितिको कोषाध्यक्षमा युवराज पाण्डे, सहकोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता गोपाल खनालले जानकारी दिए।

खनालका अनुसार जिल्ला कार्यसमितिमा निर्वतमान अध्यक्ष पदेन सदस्य रहने र दुईजना सदस्य कार्यसमितिले मनोनीत गर्नेछ। ०७५ सालमा स्थापना भएको गुल्मी चेम्बर अफ कमर्समा हाल दुई सय ५० जना सदस्य छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend