भक्त के सी
खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १४ गते । सानोमा सुन्ने गरिन्थ्यो परोपकार धर्म र परपीडा पाप हो । पूर्वीय सभ्यतामा पनि राजनीति र धर्म र नश्लको राजनीति , परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन पनि राजनीति नै हो।अब हाम्रो राजनीतिक एजेन्डा नागरिकको अवस्था परिवर्तन गर्ने खालको हुनुपर्छ । राजनीतिज्ञले पद र स्वार्थका लागि जनमतको अवमूल्यन गर्ने, आफ्नो अधिकार दुरुपयोग यस्ता नेता कार्यकर्ताहरुको भरमा समृद्धि कसरी हुन्छ ? राजनीतिमा युवाहरुलाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने ? अब राजनीति सफा गर्ने आन्दोलन चलाऔं ।हामी सबैले अहिले समृद्धि समृद्धि भन्दैछौं । नेकपा यही भन्छ, कांग्रेस यही भन्छ । नागरिक समाज, बुद्धिजीवी यही भन्छन् । समृद्धि नभई हुँदैन । तर, यत्रो सम्भावना भएको देशमा पनि हामीले किन अहिलेसम्म समृद्धि र विकास हासिल गर्न सकेनौं ? यो भ्रष्टाचारविरुद्ध अभियान नछेडिकन, भ्रष्टाचारलाई नियन्त्रण नगरिकन र सुशासन स्थापित नगरिकन कुनै पनि हालतमा समृद्धिको लक्ष हासिल सकिँदैन ।हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएर, सुशासन कायम गरेर समृद्धिमा पुग्नुबाहेक अर्को कुनै विकल्प छैन । यसबारे सबैले छातीमा हात राखेर सोच्नुपर्ने अवस्था छ ।कुनै एउटा धाराको कुरा आयो भने कांग्रेसका वकिल र बुद्धिजीवी एकातिर हुन्छन् । नेकपाका बुद्धिजीवी र वकिल अर्को व्याख्या गर्छन् ।सबैका आ-आफ्ना वकिल , पार्टी संरक्षकहरू वकिल स्वार्थी बुद्धिमान व्यक्तिहरू छन । यसरी सबै वकिलका भरमा भएपछि देश कसरी बन्छ ? हालको राजनिति असल हुन् सकेन, व्यवहारिक बन्न नकेन, न त पार्टी मान्ने नै बन्न पुग्यो ।नेपालले छोटो समयमा थुप्रै राजनीतिक व्यवस्था परिवर्तन गरे पनि राजनीतिमा असल हुन् सकेन ।त्यसैले, असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ। हाम्रोमा ठिक व्यक्ति ठिक ठाउँमा भन्ने चिन्तन र अभ्यास छैन्।त्यसैले हाम्रो नेतृत्व मुन्तला नेतृत्व । व्वाइलर अगुवा । टिके नेता र नेतृत्व । शक्ति केन्द्रको यस मेन । प्रभु भक्त बनेको छ । चाहिने त इमान्दारिता, निडरता, आदर्शता, बास्तविकता, र बौद्दिकता को आधारमा कसि लगाउनु पर्छ ।
लोभी पापीको राजनीति मुकदर्सक नागरिक भन्छन लोभी पापीहरूको हड्डीको लागि लडाइँ भै रहेको छ । राजनीतिक दलका प्रतिनिधिहरु बन्द कोठामा बसेर निर्णय गर्ने र त्यसको बारेमा कसैलाई थाहा हुदैन । राजनीति कठिन विज्ञान हो, राजनीतिमा, राजनीतिमा लोभी पापीको सेटिङ चलेको छ नेपालमा , सैद्धान्तिक धार वा गुट होइन, पार्टी सिद्धान्त के हो थाहा छैन । लोभी र पापीको जमातले राजनीतिलाई अदालतमा प्रवेश गराएको हुनाले नै अदालतले पनि निस्पक्ष्य छैन । टाठा-बाठा, धुर्त-चतुर, लोभी र पापीको जालझेलमा कोही पनि अपहेलित र अपमानित हुनु पर्छ । नागरिक को माग हो कि लोभी–पापीले राजनीति गरेर खाँदैनन् विकास , विकास पूर्ण आवश्यकता परिपूर्तिको त कुरै भएँन ।
हामी धेरैलाई पत्यार लाग्दैन की स्वर्ग र नर्क हुन्छ । तर मृत्युपछि स्वर्ग र नर्कमा बास हुन्छ , अब अरुलाई के लाग्छ र लाग्दैन ? स्वर्ग जस्तो राज्य नेपालमा नकारात्मक विकृति लोभी–पापीले राजनीति गर्ने गर्दा , मलाई पनि रिस उठ्छ , दिक्दार लाग्छ, कोहिसँग पनि खुलेर कुरा गर्न मन लाग्दैन ।मलाई त लाग्छ, कसैले पनि दिमाग चाहेर पनि खाली राख्न सकिँदैन लेख्नु मन लाग्छ , बोल्न मनलाग्छ उचित अनुचित थाहा हुन्छ । परोपकार भनौँ सेवा नै धर्म हो, त्यही पुण्य हो र अरुलाई पीडा दिनु नै पाप हो ।धर्मको मर्म बिटुलियो । कर्मलाई विकृत पार्दा आस्थाप्रतिको विश्वास घट्दै गयो । लैंगिक, जातीय छुवाछुतको अन्त्य हुनुपर्ने हो अर्थात् सामाजिक विभेदको अन्त्य , युवा परिचालनबाट मानवीय सेवा, विपत् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता व्यावहारिक कार्यक्रम सञ्चालन, हिंसापीडित महिलाहरूको उद्धार र राहत, मनोसामाजिक परामर्श र कानुनी सरसल्लाह, पुनर्स्थापना केन्द्रहरूबाट उचित लाभ प्राप्ति हेतुलक्षित कार्यक्रम सञ्चालन , महिलाविरुद्ध हुने हिंसा अन्त्य , बालविवाह, तिलक, दाइजोप्रथा, छाउपडी एवं बोक्सीजस्ता कुरीतिको अन्त्य , सामूहिक उन्नयनमा सरकार पछि नहट्नु , बालश्रमको अन्त्य , सबैको श्रमको महत्व र मूल्यांकन , बचतको भावनाबाट लगानीको वातावरण तय ,सडक बालबालिकाको उद्धार, विद्यालयमा छात्रवृत्ति, पोशाक, खाजा, यातायातको व्यवस्था , मानसिक रोगी, टुहुरा, असहाय, बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह र सुरक्षा अझ बढी जरुरी छ , समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नतिबाट मुलुक समृद्ध हुनुपर्ने हो । लोक कल्याणकारी राज्यको यही परिकल्पना हो । सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मानजनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ । यो राज्यको दायित्व हो । हामीकहाँ अशक्तहरूको संख्या पनि कम छैन । झण्डै दुई प्रतिशत जनता अपाङ्ग छन् । अपाङ्गमध्ये पनि शरीरको अपाङ्गता बढी छ । झण्डै सत्तरी प्रतिशत शारीरिक अपाङ्गका छन् । उपकारी व्यक्ति तपस्वी हुन्छ । कुभाषण, भोगको इच्छा, कामाशक्ति, गुणमा दोष दृष्टि, दोषमा गुण दृष्टि, तृष्णा, लोभ, चुक्ली, निन्दा, हिंसा, क्रोध, शोक, चिन्ता, कर्तव्यको विस्मृति, डाह, इष्र्या, सन्ताप, ज्यादा बोल्नु सत्पुरुषको भनौँ जितेन्द्रीय व्यक्तिको लक्षण होइन । मदका यी दोषलाई त्याग गर्नाले व्यक्ति समाजभित्रै तपस्वी बस्न सक्छ ।
मानव देह नै धर्मको अभिव्यक्ति हो, पुण्यको अभिव्यक्ति हो । धर्म, पुण्य सञ्चितिविना मानव देह प्राप्त नै हुँदैन । सत्ज्ञानको फल तत्कालै प्राप्त हुन्छ । विज्ञानझैँ तुरुन्तै त्यसको असर पनि मिल्छ, अर्थात् परिणाममुखी हुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend