खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १२ गते । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक बालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेतृत्वको उपस्थिति रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend