सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्‍ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको छ। भेटका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ।

बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युत्याउने कसरत गरिरहेका छन्। पुस ११ गते प्रधानमन्त्री बनेका दिन प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेका थिए। तर,सरकारलाई कांग्रेसले समर्थन दिएकाले उसको समेत सहमतिमा राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले अडान राख्दै आएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend