खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ११ गते । नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार तय गर्न बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्।
देउवा निवास धुम्बाराहीमा आज बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने सभापति देउवाको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति उम्मेदवार हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरूले आकांक्षा देखाएका छन्। फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend