सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषि क्रान्ति आजको आवश्यकता

कृषि क्रान्ति आजको आवश्यकता

भक्त केसी

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ८ गते । कृषि क्रान्ति गर्नु भनेकै कृषि उत्पादन स्थापित गर्नु आजको आवश्यकता हो ।कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, कृषिमा काया पल्ट गर्नु पर्छ ।मलाई लाग्छ नेपाललाई नयाँपन दिन नेपालको कृषि क्षेत्रमा बृहत् कृषि क्रान्तिको आवश्यकता छ ।आजको आवश्यकता कृषिमा आत्मनिर्भर“ भन्ने नाराका साथ यस अभियानले कृषि उत्पादनमा जोड दिनु पर्छ ।आत्मनिर्भर बनाउन कृषि क्रान्ति आवश्यक छ ।नेपाल कृषि प्रधान देश हो र ! हाम्रा घर–आँगनमा वषिादि र रसायन प्रयोग नगरी फल त के फूल दैनिक उपभोग्य बस्तु उत्पादन हुन्छ । नेपालमा असि प्रतिशत जनसंख्या कृषिमा आधारित मानिदै आएको छ ।गाउँहरुको देश सुन्नै छोडियो कृषिप्रधान देश. सानोमा प्रशस्तै सुनिन्थ्यो- नेपाल कृषिप्रधान देश हो ।कृषि क्रान्तिको खाका कोर्नु राष्ट्रिय दायित्व हो भनि भाषण गरेको पाइन्छ । नेपाल विश्वकै दोस्रो जलस्रोत धनि कृषि प्रधान देश नेताले भाषणमा सिमित बनाएको पाइन्छ । धेरै नेपालीको जीवीकोपार्जनको बलियो आधार कृषि नै हो । कृषिनै समाजको सबैभन्दा बल्यो पकड छ । पशुपालन्, बाली उत्पादन्, कुखुरा र मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन कृषि तथा वन क्षेत्रसँग सम्बन्धित पेसा र नेपालकै जनशक्तिले सजिलै उत्पादन गर्नु सकिने आत्मनिर्भर बन्नु सकिन्छ । यसमा अथाह सम्भावना छन् सर्वप्रथम कृषि भनेको एउटा कला हो, विज्ञान हो । जसमा हामीले विभिन्न वस्तुहरूको उत्पादन कृषिलाई आधुनिकरण गर्दै कृषि प्रदान मुलिक कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन देश आत्मा निर्भर बन्न सक्छ । कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन। खेतीपाती गरेर जीविकोपार्जन गने समाजलाई कृषि समाज भनिन्छ आदि।
सर्वप्रथम त कृषिप्रतिको सबैको सोच परिवर्तन गर्नुपर्ने देखिन्छ । कृषि भनेपछि गरिब मानिसले अँगाल्ने पेसा हो भन्ने धेरैको सोच छ । तर शिक्षा, स्वास्थ्य, पर्यटन भनेजस्तै कृषि पनि व्यावसायिक आर्थिक क्षेत्र हो । स्वास्थ्य क्षेत्रमा जसरी डाक्टर, नर्स, हस्पिटल, शिक्षण संस्थाहरू जोडिएका हुन्छन्, कृषिले पनि विभिन्न क्षेत्रका मानिसलाई समेट्न सक्छ । कृषिमा बजारको कुरा गर्न सकिन्छ । कृषिमा इन्जिनियर जोड्न सकिन्छ । कृषिमा लेखा जोड्न सकिन्छ । त्यो विषय अध्ययन गरेका व्यक्तिहरूले कृषिलाई रोजगारीको क्षेत्रका रूपमा लिने वातावरण तयार गर्न सकिन्छ । कृषक व्यक्ति जसले कृषि उद्यम गरिरहेको छ । पत्रकार जसले लेख्नुहुन्छ । उपल्लो तहका मानिस जसले नीति बनाउँछ । उनीहरूले कृषि क्षेत्रलाई आर्थिक क्षेत्रको रूपमा स्थापित गराउन भूमिका खेल्नुपर्छ ।
आज नेपालमा उत्पादन हुँदाहुँदै पनि भारतबाट अत्यधिक मात्रामा तरकारी आयात हुन्छ । हाम्रो बारीमा उत्पादन हुन्छ तर उताबाट सस्तोमा आउँछ । आज कुनै पनि कृषकले लागतअनुसारको मूल्य पाइराखेका छैनन् । त्यसले निरुत्साहन गरेको अवस्था हो ।विश्वका जुनकुनै देशमा हेर्ने हो भने पनि सरकारको सहुलियतबिना कृषिमा नाफा कमाउन सकिँदैन । नेपालमा खाडी मुलुक गएका नेपालीले पसिना बगाएर रेमिट्यान्स पठाउँछन्, त्यसैले भारतबाट किनेर खाइरहेका छौँ । भोलिका दिनमा भारतमा संकट आउने र उसले नेपालमा खाद्यान्न नपठाउने हो भने हामीहरूसँग कुनै विकल्प नै हुँदैन । जब राज्य खाद्यान्नमा आत्मनिर्भर हुन्छ तब मात्र राज्य राज्य रहन्छ । यसका लागि राज्यले कृषिलाई हल्का रूपमा लिनु हुँदैन ।नेपालको कृषिमा अथाह सम्भावना छन् । एक त यहाँको वातावरणीय विविधताले सम्भावनालाई बढाएको छ । हामीहरूले वार्षिक दुई खर्बबराबरको कृषि र कृषिजन्य वस्तुको आयात गरिरहेका छौँ । यसले नेपालमा कृषिको कति ठूलो बजार रहेछ भन्ने कुरालाई देखाउँछ । एउटा आयातमात्र प्रतिस्थापन गर्ने हो भने सम्भावना नै सम्भावना छन् ।विश्वमा कृषि उत्पादन गर्ने देशहरू · 1. चीन · 2. संयुक्त राज्य · 3. ब्राजिल · 4. भारत · 5. रूस · 6. फ्रान्स · 7. मेक्सिको · 8. जापान। 9 कोरिया । इजराइल छन् । नेपाली राजनीतिज्ञहरु र योजनाकारहरूले ती देशबाट सिक्दा हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend