सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वास्तविक सिकाईभन्दा नक्कल गर्ने प्रवृत्तिले असल नेता बन्न सकिन्न

वास्तविक सिकाईभन्दा नक्कल गर्ने प्रवृत्तिले असल नेता बन्न सकिन्न

भक्त के सी

काठमाडौं २०७९्र फागुन ६ गते । पुर्बबाट सुरु भनिएको अभियान; सुरू गरिएको अभियान; हाम्रो परिकल्पनाको र लक्ष्य अनुसारको अभियान र विगतको वर्तमानबाट सिकाइ भोगाईले निम्त्याएको अभियान राजा देखि रंग सम्म ,नेता देखि कार्यकर्ता सम्म वृद् देखि युवा सम्म बौद्धिक स्तर देखि किसान सम्म, उधोगी देखि ब्यपारी सम्म विद्यार्थी देखि प्रोफेसर सम्म , आम नेपाली नागरिक को साझा कार्यक्रम , राष्ट्र भन्ने हाम्रो अवधारणा, हाम्रो मुटुलाई दुरुपयोग गर्न दिनुहुँदैन । आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्नु पर्छ । राष्ट्र बनाऊ , बचाऊ को नारा लिएर दुर्गा प्रसाईले सुरू गरेको अभियान; हाम्रो परिकल्पनाको अभियान र लक्ष्य, सिकाइ र गराई , निरन्तरता अभियान, विस्तृत सूचना-हामी स्वयंसेवी अभियानमा विश्वास गर्छौ त्यस अन्तर्गत,पटक–पटक विभिन्न अभियान सञ्चालन गरेर प्रयास गर्दै आए पनि अबको अभियान नेपाली जनता र सचेत नागरिकको लागि राष्ट्र निर्माणको बाटो लिएको देखिन्छ ।सभ्य समाजको पहिचान आफ्नो लागि मिसन नाम दिइएको सो अभियानको देशभर अभियान संचालन सम्बन्धमा, सुरू भएको घोषणा राष्ट्रव्यापी भएको छ , र झट्ट सुन्दा हामी नेतृत्व भनेर राजनीतिक नेतालाई मात्रै बुझ्छौं ।अभियन्ता लाई भुल्छौ । नेपाली राजनीतिमा सक्रिय युवा पुस्तामा यति धेरै नेता छन्, तर नेतृत्वको संकट छ । नेताहरुको चरित्रमा पनि फरकपन देखिएन । सिद्धान्तको कुरा पनि गर्ने तर त्यो अनुकरण नगर्ने , शीर्षस्थ नेताहरूले नेपाली राजनीतिमा निम्त्याएका ‘विरोधाभास’ प्रजातान्त्रिक शैली‚ निरंकुश शैली‚ स्वतन्त्र शैली‚ नोकरशाही शैली आदि छन् , नेतृत्वको लचिलो भएन , जुन जुन विषयमा भ्रष्टाचार भएको भनियो किन अनुसन्धान गरिएन अनि अनियमित भनिएका निर्णय किन सच्च्याइएनन्? प्रश्न उनीहरूतिर फर्किएको छ। नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि चाहिएको सही नेतृत्व कस्तो हो ? । समाजिक धारणा उच्च विचार जनताको ख्याल गर्ने विकास प्रेमी गरीबका नेताहरूले आफ्नो दृष्टिकोणलाई ब्याकअप गर्ने विचारहरूमा मात्र ध्यान दिनेछन्।असल नेताहरूसँग आत्म-जागरूकता हुन्छ, विश्वसनीयता प्राप्त हुन्छ, सम्बन्ध निर्माणमा ध्यान केन्द्रित हुन्छ, कार्यको लागि पूर्वाग्रह हुन्न , नम्रता प्रदर्शन गर्दछ, अरूलाई सशक्त बनाउँछ, प्रामाणिक रहन्छ, आफूलाई स्थिर र निरन्तर रूपमा प्रस्तुत गर्दछ, रोल मोडेल बन्न र पूर्ण रूपमा उपस्थित हुन्छ।उत्तरदायी हुन्छ । बेलाबखत सडकमा युवाहरुको लस्कर निस्कन्छन । जो कोहि नेताको परिस्थितिहरूको चङ्गुल बाट निस्कन सकेको छैनन । राजनीतिज्ञहरू को गुफा समेत रहेको छ , शेर बनेर निस्कन अलि समय लाग्न सक्छ । नेता ब्यक्ति हो र नेतृत्व सामुहिक विषय हो ।न्यायको लागि अडिग रहनुहोस्. अभियान अपडेटहरू हाम्रो चिन्तन र सोचाइ राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको हुन्छ । हामी सबैलाई थाहा छ, राजनीतिक नेताहरूले नीति बनाउने भएकाले उनीहरूको ठूलो महत्व छ । त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ । त्यसैले पनि होला, अहिले मानिसहरु भनिरहेका छन् राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सकेन । त्यसैले अहिले पनि आम नागरिकहरु वास्तविक नेता र नेतृत्वको खोजी गरिरहेका छन्, वर्तमान नेता र नेतृत्वमाथि भरोसा गर्न सकिरहेका छैनन् । हामी के कल्पना गर्दछौं भने एउटा यस्तो शक्तिशाली व्यक्तित्व आओस् र सबै समस्या समाधान गरिदिओस् । कता–कता नेतृत्वमा हामी अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चमत्कारिक व्यक्तिको कल्पना गरेर खोजी गरिरहेका हुन्छौं । दुर्गा प्रसाईको अभियान केहि आस लाग्दो देखिएको छ । उनले गरेका गतिविधिहरु निस्वार्थ जनता को लागी नागरिक को लागि गरेको देखिन्छ । आज नेपाल सरकारले समेत गर्न र देखाउन सकेको छैन । केही मानिसहरु जन्मँदै यस्तो विलक्षण गुणले सजिएका हुन्छन्, उनीहरुमा आत्मिक रुपमा यस्तो गुण समायोजित भएर आएको हुन्छ । ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । अर्को हुन्छ– करिश्मा । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चमत्कारिक व्यक्ति नेता बनेर आओस् र हाम्रा सबै समस्याको समाधान गरिदिओस् भनेर हातमा हात राखेर बसेर हुदैन । घरबाट निक्लनु पर्छ अभियानलाई साथ दिनु पर्छ । समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । एउटा असल नेता र नेतृत्व निर्माण गर्ने सबैभन्दा ठूलो सैद्धान्तिक समस्या यहिँनेर छ । हामी सबैलाई थाहा छ, नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ, हामी सबै राज्य र नेताप्रति आश्रित बनिरहेका छौं । विश्वव्यापी राजनीतिक संक्रमणसँगै समाज पनि परिवर्तन भएको छ ।समाजका विविध क्षेत्रमा चाहे त्यो धार्मिक, सामाजिक, आर्थिक, विकास वा सेवा र सुविधा होस् । सबै कुराको निर्धारण राजनीतिले मात्र गर्दछ भन्ने अहंकारले सामाजिकतालाई लथालिंग बनाइदियो ।समाजलाई परामुखी बनाइदिएका छन् । अहिले राजनीतिक नेतृत्व बडो जाली र आडम्बरी बनेको छ । किनभने यसले भनेको कुराहरू गर्न छाडेको छ । जुनसुकै दलको राजनीतिक नेतृत्व किन नहोस्, सत्ता र शक्तिको दम्भले अरुका कुरा सुन्नै नसक्ने भएको छ । अर्को कुरा, नेतृत्वले सामाजिक मुद्दाका माग पनि पूरा गर्न सकेको छैन ।अहिले, राजनीतिक नेता र नेतृत्व आडम्बरी र बेइमानी बन्दैछ ।तानाशाह पनि यस्तै प्रवृत्तिबाट जन्मने हो । वास्तविक सिकाईभन्दा नक्कल गर्ने प्रवृत्तिले असल नेता बन्न सकिन्न ।नेताहरू नै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरु चलाइरहेका छन् । आफ्नो पेशालाई बढी लाभ दिनेगरी नीति र नियम बनाउन तल्लिन छन् । त्यति मात्र होइन, विभिन्न पेशाका ठेकेदार, ब्यापारी वा विभिन्न लाभका क्षेत्रमा ब्यवसायिक बनेकाहरुलाई नेता बनाउने होड सबै राजनीतिक दलमा प्रवेश गरेको छ । यसले राजनीतिलाई भविष्यमा दुषित बनाउने निश्चित छ ।राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले संसारभरमा राजनीति कठिन त्यागको विषय बनेको छ । तर, नेपालमा राजनीति लाभ र भ्रष्टाचारको अवसरका रुपमा विकास भएको छ । बिकासले ब्यक्ति, समाज अनि सिङ्गो राष्ट्रको अवयवहरुलाई छुन सक्नु पर्छ ।बिकासका भिन्न भिन्न तह र चरणहरु हुने गर्छ । ब्यक्तिका लागि शारीरिक बिकास, मानसिक बिकास, बौद्धिक एवं क्षमताको बिकास, आर्थिक बिकास, आत्मिक बिकास, जीवन निर्वाहनका लागि आवश्यक बिभिन्न शीपको बिकास आदी बिकासका स्वरुपहरु हुन । त्यस्तै सामाजिक तहमा आपसी सहकार्य र सामुहिक भावना सहितको आर्थिक, भौतिक, सास्कृतिक र अध्यात्मिक क्षेत्रमा हुने बिकासलाई कुनै पनि समाजको बिकास मान्न सकिन्छ । अनि राज्यको तहमा आएर आधारभुत सेवा (शिक्षा, स्वास्थ्य उपचार, खानेपानी, इन्धन एवं उर्जाको आपूर्ति आदीलाई लिन सकिन्छ) को उपलब्धता, स्रोतको समानुपातिक बितरण, ठुला पुर्वाधार एवं भौतिक संरचनाको निर्माण, शुसासनको प्रत्याभुति र न्यायमा पहुँच हुनुलाई बिकास मान्न सकिन्छ । तहगत रुपमा भने आधारभुत आबश्यकता परिपुर्ति देखि लिएर सामाजिक सुरक्षा, भौतिक/प्राकृतिक मनोरञ्जन, आपसी सम्बन्ध र चेतनाको उपल्लो बिकास हुँदै आत्मिक जागरण सम्म पर्न आउँछ ।नेताका बक्रदृष्टि जुन जुन जुन सार्वजनिक संस्थान मा परे ती संस्थाहरु डुबेरै सिद्धिए।नेपालका सार्वजनिक संस्थान मा विशेष गरेर राजनीतिक आवरणमा हुने भ्रष्टाचार, अपराध, दण्डहीनता, अराजकता, अपारदर्शिता, जवाफदेहीविहिनताको समस्या विकराल छन् । विशेष गरेर राज्यका तीनवटै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त राजनीतिक घुसपेठले यतिसम्म आक्रमण गरिराखेको छ कि कालान्तरमा मुलुक नै असफल हुने सम्भावना बढेर गएको छ ।नागरिकले फरकधार दूरदृष्टि भएको लिडर खोजेको छ । सम्पूर्ण योजना पद्धतिको आधार निर्माण गर्न सक्ने देश विदेश बाट निस्वार्थ सहयोग ल्याउन सक्ने विकासप्रेमी नेताको खोजि भैरहेको बेला समाजिक अभियन्त्ता दुर्गा प्रसाई देखिदै छन् । उहाँको भविष्यका गतिविधिहरू हेरौं । उहाँको सकारात्मक सोचको लागि सबै भन्दा राम्रो गर्न सकियोस् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend