सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुलुकको भूराजनीतिक अवस्था र त्यसले सृजना गरेका सीमितता

मुलुकको भूराजनीतिक अवस्था र त्यसले सृजना गरेका सीमितता

भक्त के सी,

काठमाडौं २०७९ फागुन ४ गते । “घाँटी हेरी हाड निल्नु ” यो उखान लाई सम्झिएर हामीले कुनै पनि काम गर्यौ भने असफल भैदैन राजनैतिक नेताले परनिर्भर राजनीतिको अबलम्बन गर्दै छन । सल्लाहकार राष्ट्रवादी चाहिन्छ । विदेशी अग्रगामीले कहिले पनि नेपालीको लागि राम्रो सल्लाह दिदैन, उनीहरुको आफ्नो स्वार्थ छ । नेपालको विदेश नीति, नेपालमा राजनीतिक अस्थिरता हुँदा बाह्य शक्तिहरूको चलखेल बढेको छ । व्यावहारिक र ज्ञानमा आधारित विदेश नीतिले धेरै हदसम्म नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप कम गर्न सक्छ र मुलुकमा राजनीतिक स्थिरता दिन सक्छ । त्यसनिम्ति अहिले उचित समय छ । विगतका उग्र वामपन्थी र दक्षिणपन्थीहरू लोकतान्त्रिक मूलधारमा आइसकेको सन्दर्भमा हाम्रा विदेश नीतिमा महत्व राख्ने मुलुकहरू, मुलुकको भूराजनीतिक अवस्था र त्यसले सृजना गरेका सीमितता, महत्वपूर्ण अन्तर्राष्ट्रिय संघसंस्थामा नेपालको भूमिकाबारेमा दलहरूका बीचमा खासै विमति छैन । यस्तो अवस्थामा सबल र साझा विदेश नीति बनाउन सम्भव छ । त्यसतर्फ ध्यान केन्द्रित हुनु आवश्यक छ ।
थिंक ट्यांकहरू भने कार्यकारी र व्यवस्थापकीय कर्मचारीतन्त्रबाट अलग हुन्छन्।जब-जब नेपालमा नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ, तब-तब काठमाडौँको कूटनीतिक समुदाय चनाखो हुने गर्छन । सरकार निर्माणमा हाबी हुने प्रयास गर्छ।ठ्याक्कै यही मौका छोपेर विदेशी कूटनीतिज्ञहरू कुन पार्टीलाई कोसँग मिलाउँदा ठीक हुन्छ भन्दै दौडिरहेका छन्। यस्तो लाग्छ स्वयम् नेपाली नागरिकलाई भन्दा कूटनीतिज्ञहरूलाई सरकार निर्माणमा बढी चासो छ। सरकार गठनप्रति बाह्य चासो बढ्नुलाई राजनीतिक दल र तिनका नेताहरूले पनि अवसरका रूपमा लिने गरेका छन्। बाह्य शक्तिलाई नै उपयोग गरेर आफू अब्बल बन्न खोज्ने प्रतिस्पर्धा पनि चलिरहेको छ। कुनै देशको विदेश नीति (परराष्ट्र नीति), जसलाई विदेशी सम्बन्ध नीति पनि भनिन्छ। यस नीतिकै आधारमा राज्यले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न र अन्तर्राष्ट्रिय सम्बन्धको वातावरणमा आफ्ना लक्ष्यहरू प्राप्त गर्न छनौट गरेको स्वहितकारी रणनीतिहरूको समूह हुन्छ। एक देशको विदेश नीति अन्य देशहरूसँग आर्थिक, राजनीतिक, सामाजिक र सैन्य विषयहरूमा पालना हुने नीतिहरूको जोड हो। अन्तरिक मामिला बाहिरि हस्तछेप हुनु हुदैन । नेपाललाई आफ्नो क्षेत्राधिकार बनाएर काम गरिरहेका थिंक ट्यांकहरू नेपालमा अहिले रहेको मन्त्रि मण्डल गठबन्धन दीर्घकालीन जवाफदेही र देशको हितमा काम गर्नु सक्छ जस्तो लाग्दैन सत्तामा पुग्ने सपना मात्र साकार बनाएको जस्तो अवस्था देखिन्छ । असंग्लनता भनेको कुनै गठबन्धनबाट स्वतन्त्र रहनु हो । त्यसैले नेपालको राष्ट्रिय स्वार्थ के हो भन्ने पहिचान नै भएको छैन ।
नेपाल दुई ठूला शक्ति राष्ट्रहरु चीन र भारतको बीचमा अवस्थित एक सानो मुलुक हो । विश्वका करिब २०० मुलुकहरुमध्ये भूगोलका हिसावले नेपाल ९१औं ठूलो मुलुक हो भने जनसंख्याको हिसावले नेपाल ४२औं ठूलो मुलुक हो । भूगोलको हिसावमा संसारमा नेपाल भन्दा साना मुलुकहरु १०९ भन्दा बढी छन् भने जनसंंख्याको हिसावले १५८ वटा मुलुकहरु नेपालभन्दा साना छन् । कुनै पनि मुलुकको विदेश नीतिको प्रमुख उद्देश्य भनेको त्यस देशको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमिकता जोगाउनु हो । मुलुकको संमृद्धीको लागि आर्थिक विकास र अन्य मुलुक र संघ संस्थाहरुसँग द्विपक्षीय, क्षेत्रीय, बहुपक्षीय सम्बन्धहरुलाई विस्तार र प्रर्वद्धन गर्नु हो । नेपालको पारस्परिक हित, पारस्परिक सम्मान, पारस्परिक समानता र सहयोगको आधारमा संसारका सबै मुलुकहरुसँग र विशेष गरी छिमेकी मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध बिस्तार गर्नु हो । संयुक्त राष्ट्रसंघ, सार्क जस्ता अन्तरराष्ट्रिय र क्षेत्रीय सँगठनहरुमा सहभागि हुदै सकारात्मक र अर्थपूर्ण भूमिका निर्वाह गर्नु नै नेपालको विदेश नीतिका उद्देश्यहरु हुन ।नेपालको विदेश नीतिले भारत र चीनसँगको सम्बन्धलाई विशेष महत्व दिनु पर्छ । नेपालले भारत र चिनसँगको सम्बन्धलाई स्पष्ट रुपमा व्याख्या गर्न अब पनि ढिलो गर्नु हुदैन । नेपाल भारत, चीन र नेपालको बीचको सहकार्यको बिषयमा स्पष्ट हुनु पर्छ । त्रिदेशीय सहकार्यको विषय ठोस रुपमा ल्याइनु पर्छ । यो विषयमा चीनको धारणा र भारतको धारणा के हो नेपालले बुझ्नुपर्छ । दुवै छिमेकी मुलुकले प्राप्त गरेका उपलव्धीहरुबाट नेपालले फाईदा लिन सक्नु पर्छ ।तेस्रो देशको हित सोच्नु आफ्नो राष्ट्रको लागि खराब हुन सक्छ । विगतबाट सिक्नुहोस् र तिनीहरूले अरू मुलुक संग के कस्ता ब्यबहार गरी रहेका छन् । तपाईको नजिकको छिमेकी तपाई कहिल्यै परिवर्तन गर्न सक्नु हुन्न । फोहोर छिमेकीको घरमा फाल्नु भनेको कति घातक होला अनुमान गर्न सकिन्छ । नागरिक समाज , नेपाल थिंक ट्याङ्क, योजनाकारहरू, अन्तरक्रियात्मक समाज सल्लाहकारहरूले समय मा उचित सल्लाह सुझाव दिनु पर्ने देखिन्छ । देशभक्तहरुसंग मिलेर जानु को बिकल्प्प छैन । देश बचाउने देशभक्तहरु एक जुट हुनै पर्छ । सम्पुर्ण देशभक्तहरु स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध भएर नै देशको संरक्षण गर्नु पर्छ । राष्ट्र वादीले देशको लागि गुण लागाउने समए आएको छ । तपाईंको गृहभूमिको रक्षा गर्नुहोस्। शत्रुहरू नष्ट गर्नुहोस्। नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध हुनै पर्छ । आफ्नो गृहभूमिको रक्षा गर्न सम्मान र साहस आम नागरिक संग हुनु पर्छ ।स्वतन्त्र गृहभूमिको मातृभूमिको हित , व्यापार, व्यवसायमा सोचेभन्दा बढी लाभ हुनेछ ।देशले योजनावद्ध ढंगले गर्नुपर्ने विकास को लागि लम्किनु पर्छ ।दिगो विकास लक्ष्य उपयोगी. हुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend