काठमाडौं २०७९ फाल्गुन २ गते । सरकार र यातायात मजदुर नेताहरु बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता सुरु भएको छ। वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेतासँग वार्ता सुरु भएको हो।
हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएको थियो। तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई वार्तामा बोलाएको हो। मजदुर संगठनको हडताल पछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन्। जसका कारण यात्रुहरु अलपत्र अवस्थामा छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend