सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

काठमाडौँमा सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित

काठमाडौँमा सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित

काठमाडौँ २०७९ फागुन २ गते । काठमाडौँ उपत्यकामा आन्दोलनरत यातायात मजदुरहरूले आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।

मजदुर सङ्घको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारी ठप्प भएका छन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् । यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू परेका छन् । विद्यालयहरूले एसएमएस पठाउँदै आज शैक्षिक संस्था सञ्चालन हुन नसक्ने सन्देश विद्यार्थीहरूलाई पठाइरहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend