मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेपालको स्वाधिनता र सार्वभौमिकता प्रति उसको टाउको दुखाई छ

नेपालको स्वाधिनता र सार्वभौमिकता प्रति उसको टाउको दुखाई छ

बिष्णु प्रसाद शर्मा,
सन् १९४७ मा जन्मिएर बामेसर्दै गर्दा देखि नै नेपाल प्रतिको उसको हेराई, गराई घिन लाग्दो रहेको छ । कोही कसैको अधिनमा नरहेको स्वतन्त्र सार्वभौमिकतामा अस्तित्वको कायम गराउँदै आएको देश प्रति उसले गिद्धेदृष्टि राख्नुको कारण हिमालय र त्यहाँवाट बगेको जलासयलाई पकडमा राखेर आफू खुशी प्रयोग गर्नु नै हो । नेपाली जनता र भारतीय जनता संग अत्यधिक राम्रो सम्बन्ध रहेता पनि त्यहाँको सत्ताधारी र इमानी नेपाली जनता प्रति कहिल्यै राम्रो हुन सकेन तापनी २०४६ पछिको राजनीतिक अबस्थाले गर्दा नेपालका हलिहरु उसका गोठाला बन्नु नै झनै दुर्भाग्यता हो । हुन त इण्डिया नेपालीहरुले लगाएको गुणको बदलामा ०४ साल अघि देखि नै एक किसिमको गलत भावना राखेर नै नेपाली काँग्रेसको स्थापना गराएको थियो । यो राणा शासकहरुले बुझेका थिए भने शाह शासकहरुले बुझेर पनि सम्बन्ध बिगार्न चाहेका थिएनन् । बेलायतको दुईसय बर्ष भन्दा लामो दासत्व र उपनिवेश बाट स्वतन्त्रता दिलाउन नेपालका शासकहरुले खेलेको भूमिकाको उसले कहिल्यै सम्झना सम्म गर्न चाहेन । नेपालले अरु कुनै पनि मित्रराष्ट्रहरु संग बैमनश्यताको चाहना राख्दैन, यसो भनेर अरुले नेपाल र नेपालीलाई खेलाउन चाहेको हेरेर बस्नु पर्दछ भन्ने होइन, डटेर सामना गरिन्छ । तर इण्डिया डिजाइनमा दलहरु चलिरहदा स्वाभिमानी नेपालीहरुलाई असहज भएको छ । कालापानी,लिपुलेख र लिम्पियाधुरा जे भनेता पनि यी भू भाग नेपालकै हुन र रहनु पर्दछ । कुनै किसिमको कतैबाट हस्तक्षेप हुन्छ भने यो कदापी सहन सकिदैन र मर्न र मार्न अग्रसर हुनु पर्दछ । हामी गरिव छौ तर पानी र सैव शक्तिका धनी छौं । सन् १९६२ मा भारत र चीन बीच सीमायुद्ध हँुदा इण्डियन सेनाले चीन संग नराम्रो हार बेहोरेर पछि सर्ने क्रममा नेपालको भूमि कालापानी क्षेत्र साभरिक रुपमा महत्वपूर्ण देखेकाले इण्डियन सेनाले केही समयका लागी मात्र त्यस ठाउँमा सैन्य क्याम्प स्थापना गरेको हो । कालापानी, सुस्ता, महेशपुर लगायत ७१ ठाउँमा ६०,६६५ हेक्टर भूमि हडपी सकेको छ र दलियताबाट यो सुविधा उसले पाइराखेको छ । नेपाली राजनीतिक दलहरुले सत्ता जोगाउनका लागी इण्डियालाई सहयोग गरिराखेका छन् । बि. स. २०१७ पौष १ गते श्री ५ महेन्द्रले पंचायती ब्यवस्थाको स्थापना गर्दा नेपालको स्तन्त्रता हडप्ने बिस्तारवादी सोचाई बोकेको इण्डियन रक्सोलमा सैनिक क्याम्प निर्माण गरेको र यसको सूचना चीनले पाए पछि चीनका उपप्रधानमन्त्री मार्शल चेन यी ले “नेपाल माथि कसैले हमला गर्छ भने चीनले आफू माथि हमला भएको ठान्ने छ ।” भनेर अभिब्यक्ति नै दिएका थिए । र इण्डियन सेना फिर्ता भएको थियो । नेपालका प्रधानमन्त्री किर्तिनीधि बिष्टले त रगतको खोलो बगाउन नपरोस् भनेका थिए । हालका दलका हुँडारहरु देशलाई सिनो लुछे झै लुच्छदै बिदेशीहरुको गुलाम बनेका छन यो जनताले चाडै बुझन जरुरी भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend