काठमाडौं, २०७९ फागुन १ गते । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सोमबारबाट सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनय मोहन क्यात्रा सोमबार बिहान काठमाडौं आइपुगेपछि बैठक सुरु भएको हो।
नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय संयन्त्रणको बैठक करिब ७ महिनापछि बसेको हो। यसअघि यस्तो बैठक भदौ २८ र २९ मा दिल्लीमा बसेको थियो।
यो संयन्त्रको बैठकमा नेपाल भारतका विभिन्न आयाममा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ। यो बैठकमा नेपाल भारत सीमाका सन्दर्भमा देखिएका समस्याबारे पनि छलफल हुने सम्भावना रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend