सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पार्टी एकता र समाजवादी मोर्चा निर्माण छिट्टै हुन्छः प्रधानमन्त्री

पार्टी एकता र समाजवादी मोर्चा निर्माण छिट्टै हुन्छः प्रधानमन्त्री

काठमाडौँ २०७९ फाल्गुन १ गते । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सो अबसरमा अब छिटै समाजवादी मोर्चा बनाएर नयाँ नेतृत्व निर्माण गरिने उनले बताए । प्रधानमन्त्री दाहालले सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गरे । उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend