सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँको आयोजनामा एक दिने अभिमुखिकरण तालिम सम्पन्न

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँको आयोजनामा एक दिने अभिमुखिकरण तालिम सम्पन्न

काठमाडौँ २०७९ माघ २९ गते । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको समन्वयमा व्यवसाय व्यवस्थापनमा एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । राजधानीको गोंगबुस्थित लोकल टेबल रेस्टुराँमा आयोजित एक दिने कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँका अध्यक्ष राज कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा डेढ सय भन्दा बढी सिलाई व्यवसायीहरुको उपस्थिीति रहेको थियो । मोटिभेश्नल स्पिकर, सेल्स एण्ड मार्केटिङ क्षेत्रका जानकार विदुर फुयाँलले व्यवसायीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न ऊक्त कार्यत्रममा महासंघका केन्द्रीय सदस्य राम प्यारा छिनाल, गण्डकी प्रदेश सदस्य ममता बस्यालको उपस्थिीति रहेको थियो । कार्यक्रमको संयोजन नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँका सदस्य बिनु श्रेष्ठ तथा संघका सचिव बासुदेब पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

गोंगबु, गल्फुटार, सामाखुसी, बसुन्धारा र बालाजु क्षेत्रका व्यवसायीहरुको उपस्थिीतिमा सम्पन्न एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँका अध्यक्ष तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य राज कार्कीले सबै व्यवसायीहरुलाई हार्दिक धन्व्यवाद व्यक्त गरे । ‘सिलाई पेशाकर्मीहरुको हक हित र यस क्षेत्रका समस्या समाधानका लागि संगठन सधैँ लागि पर्ने छ ।’ कार्कीले भने, ‘नयाँ प्रविधिको प्रयोग गरे व्यवसायलाई अगाडी बढाउनुपर्छ । नयाँ कुरा सिक्न सधैँ तयार हुनुपर्छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend