काठमाडौं, २०७९ माघ २६ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवार नै राष्ट्रिय सहमतीको उम्मेदवार हुने दाबी गरेका छन । आज बिहान खवरब्रेकिंग डटकम संग कुरा गदै उनले यस्तो दाबी गरेका हुन । ओली- प्रचण्ड भेटघाटको निष्कर्ष नै यही भएको उनले बताए । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि आज बस्ने उनले जानकारी दिए ।
राष्ट्रपतिको उम्मेदवारबारे प्रचण्ड र ओलीबीच समान धारणा बनिसकेको छैन । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । ओलीले १० पुसमा भएको सहमतिअनुसार एमालेका उम्मेदवारलाई साझा उम्मेदवारका रूपमा अघि सार्नुपर्ने अडान लिँदै आएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend