काठमाडौं, २०७९ माघ २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्हरूका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजको आयोजना गर्ने भएकी हुन् ।
संघीय संसद्का सांसद्हरूलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पार्टी नेपालका सांसद् राजकिशोर यादवले जानकारी दिए । राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका उच्च अधिकारी कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित हुनेछन् ।
नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजका रूपमा हेरिएको छ । निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend