सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं, २०७९ माघ २५ गते । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच बालकोटमा छलफल चलिरहेको छ ।

ओली निवास बालकोटमा अहिले दुई नेताबीच चलिरहेको छलफलमा वर्तमान राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा भइरहेको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै ओली र प्रचण्डबीच दैनिकजसो भेट भइरहेको छ। मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend