सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालले शनिबारको बैठकमा राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

अध्यक्ष माधवकुमार नेपालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरू गरिएको छ। उक्त बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend