सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अराजकताको राजनीति

अराजकताको राजनीति

बिष्णु प्रसाद शर्मा,
प्रजातन्त्रका नाममा भाँडिएको नेपालको राजनीति लोकतन्त्रको नामाकरण गरि रहँदा नेपाली जनतालाई बिभाजित बनाएर घर र घरपरिवारलाई नै सखाय बनाइएको छ र बिभिन्न दलहरुमा आवद्धता गराइएको छ । यो काम नेपाली जनताले बुझेका होइनन् । इण्डोपश्चिमाहरुले तीन सय बर्ष भन्दा अधिक समय लगाएर नेपाललाई आफनो सुविधाजनक कर्मथलो बनाउनका लागी ग्रामिण स्थानहरुबाटै स्थान बनाउँदै जात जातीको नाममा फैलाइएको भ्रामक कपोल कल्पित अभियोगको आधारमा प्रभावित बनाउन सफल भएको हो ।
नेपालका सर्वसाधरण जनताले बुझेको कुलिनतन्त्र किमार्थ होइन । यो अभिहस्तांकन, अतीत प्रभावी अराजकता मात्रै हो र यसले गहिरो जरा गाडिसकेको छ र आफू अनुकुलका मानिसहरुलाई अग्र पंक्तिमा पु-याई निर्वाचनमा भाग लिन लगाई अत्यधिक लगानीमा निर्वाचित गराउने र प्रधानमन्त्री लगायत अन्य पदहरुमा पु-याउने गदै आएको छ । यो अराजकताको राजनीति हो । युवा देखि बृद्ध समूह सम्मै यसले निकै पकड जमाउँदै गएको छ । यो बिबेचित समूह भित्र छिरिसकेपछि उसले बाहिर निस्कनै सक्दैन । त्यो चक्र ब्यूह बाहिर निस्कन खोजे तातो गोली खान तयार हुनु प-यो वा उसैको खेतला बनेर बस्नु पयो दोस्रो बिकल्प छैन । नेपाली भएर नेपालकै अहितमा काम गर्ने उच्च श्रेणीका जनताहरु धेरै भइसकेका छन र उनीहरु रहेसम्म देश र जनताको हितमा काम हुनै सक्दैन बरु अभिहस्तांकन अतीत प्रभावी र अराजगता बढदै जाने छ ।
दलभित्रबाट निस्केको अमुक ब्यक्ति होस् वा स्वतन्त्र नाम धारण गर्दै देश, जनता र अनियमिताको बारेमा उदण्ड रुपधारण गर्दै किन अघि बढेको नहोस् कहीं न कतै बाट बैरी फिरंगीहरुको पंजामै परिसकेको पाइन्छ । अवल बनेर अवचार गर्न सक्ने देखिएन । अबसरवादी अबैध, अशाध्य, अश्लील, अश्व शक्तिले भरिएकाहरु मात्रै नेपाली राजनीतिमा हावी बन्ने गरेका छन र उनीहरुबाट देशले निकास पाउन सक्दैन । पुराना राजनीतिक पृष्ठभूमि भएर नयाँ अमुक हुन वा नयाँ खोलमा पलाएका परपाल्तुहरु हुनु जो भए पनि अभिजाततन्त्र होइन । लामो समय देखि फक्रिदै आएको परबिषाक्त रोगले नेपाललाई गाँजेको छ । यो बिषाक्त अबस्थावाट मुलुकलाई निकास दिन सक्ने देश प्रेमी युवाहरुले कसैको पराधिनतामा नपरि एक नेपाल हाम्रो शान र मान हो भनेर बुलन्द आवाज लिएर अधिनायकवाद र सामराज्यवादको छाला उतार्न सक्नु पर्दछ नत्र बीर गोर्खालीको बीरता खहरेले पखाली सकेको छ । हेरौं नेपालका युवाहरुले कसरी बुझेका छन र ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend