फाइल तस्बिर
काठमाडौं १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट गएराति १२ बजे काठमाडौं अवतरण भएका क्यानेडियन नागरिकसहित सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको छन् । उनी पहिलोपटक नेपाल आएको पाण्डेको भनाइ छ ।
उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए । उनलाई पक्राउ गरी अहिले गौसाला प्रहरी वृतमा राखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend