राम प्रसाद रिजाल,
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट फुटेर गएका नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई नेकपा र एमाले फुटाउँदा धेरैले भनेका थिए सत्ता र पदले छटपटिएका भनेर । राष्ट्र राष्ट्रीयता र संविधान जोगाउन नेकपा फुटाउनु परेको एमाले फुटाउनु परेको प्रचण्ड र माकुने हरूको तर्क थियो । प्रचण्ड र माकुनेको यो तर्क कसैले पत्ताएका थिएनन । सबैले सत्ता र पद मोहको चरम नाटक हो भनेका थिए । प्रतिनिधि सभामा दर्ता भएर पनि छलफलको लागि टेवल हुन नसकेको अमेरिकी सहयोग सम्झौता एमसिसिको विषय नयाँ देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि एकाएक उठ्यो । एमसिसि पास गर्ने पत्र अमेरिकालाई पठाएर माओवादी अध्यक्ष प्रचण्डले नियोजित रुपमा त्यसको विरोधमा पार्टीको कार्यकर्तालाई उचालेर आफ्नो पक्षमा जनमत बनाउन प्रयास गरे । जब प्रचण्डले एमसिसि पास गर्ने याचना पत्रमा प्रधानमंत्री शेर बहादुर देउबा संग हस्ताक्षर गरेर पठाएको पत्र सार्वजनिक भयो प्रचण्डको असली चरित्र नाङ्गियो ।
अन्ततः प्रचण्डले गठबन्धन र सरकार जोगाउन सो पत्रमा हस्ताक्षर गर्नुपरेको भन्नै पर्यो । खुलेर सरकार र गठबन्धन जोगाउन पत्रमा हस्ताक्षर गरेको बताउने प्रचण्डले कार्यकर्ता लाई एमसिसि राष्ट्रघाती हो भनेर उचाली रहे । त्यसमा माकुनेले पनि एमसिसिको विरूद्धमा कार्यकर्ता उचाली रहे। प्रधानमंत्री शेर बहादुर देउवालाई प्रचण्डले एमसिसि संसद बाट पास हुने हो भने गठबंधन टुटाउने र सरकार छाड्ने धम्की पनि दिए ।एकातिर आफै सरकारमा बसेर प्रतिनिधि सभामा एमसिसि सम्झौता सरकारको तर्फ बाट टेवल गर्न लगाउने अर्को तिर बाहिर सडकमा कार्यकर्ता उचालेर तोडफोड गर्ने र प्रहरीलाई ढुङ्गा मुढा गर्न लगाउने काम प्रचण्ड र माधव नेपालले गरिरहे । प्रचण्ड र माकुनेको नाडी छामिसकेका प्रधानमंत्री देउवाले प्रचण्ड र माकुनेको धम्कीबाट डराएनन । प्रचण्ड र माकुनेको धम्कीको देउवाले वास्ता नै गरेनन । प्रचण्ड र माकुनेले हानेको तीर देउवाले उनीहरू तिरै फर्काइदिए । एमसिसि पास नगर्ने हो भने गठबंधन टुटाउने र माओवादी र माधवका मन्त्रीलाई हटाउने धम्की देउवाले दिए । अन्तमा प्रचण्ड र माकुनेले दिने भए तातोपानी देउ नभए चिसै पानीले नुहाउने भन्नेमा पुगे ।
तातोपानी नपाए पछी प्रचण्ड र माकुनेहरू चिसै पानीमा नुहाउन तयार भए । प्रचण्ड माकुनेहरू देउवाले भने जस्तै जस्ता को तस्तै एमसिसि पास गर्न तयार भए । एमसिसि सम्झौता राष्ट्रघाटी हो भनेर सडक भत्काउने सार्वजनिक देखि व्यक्तिगत संरचना तोडफोड गरेर दुनियांलाई भ्रम छर्ने प्रचण्ड र माधवले अहिले संकल्प प्रस्ताव जारी गर्दै एमसिसि पास गर्ने ठाउंमा पुगे । जुन संसारलाई ढाट्ने प्रयत्न बाहेक होइन । प्रचण्ड र माधव र उनीहरूका कार्यकर्ताहरू सोचे जस्तो नेपाली जनताहरू अबुझ छैनन । नेपालको संसदले संकल्प प्रस्ताव पारित गरेर एमसीसी सम्झौंता परिवर्तन हुनेवाला छैन । यो देउवा प्रचण्ड र माकुने हरुले लाज ढाक्न ल्याएको पारदर्शी लुगा मात्र हो । पारदर्शी लुगा लगाएर लाज ढाक्न खोज्ने देउवा प्रचण्ड र माधवहरू जनताका अघाढी नाङ्गै भएका छन । प्रचण्ड र माधव हरूको राष्ट्रवाद सत्ता जोगाउने र एमाले सिद्ध्याउने रणनीति भएको प्रमाणित भएको छ । तय एमाले होइन माओवादी र माधव को पार्टी सिद्धिसकेको छ ।
जसको प्रमाण चुनावले दिने छ भने कांग्रेस पनि निक्कै कमजोर भएको छ एमाले प्रति देखिएको देशव्यापी जनलहरले एमालेलाई बहुमत मात्र होइन दुईतिहाई नै ल्याउन कुनै तागतले रोक्न सक्दैन । व्याख्यात्मक घोषणा लाई एमसीसी बोर्डले ठाडै अस्वीकार गर्छ किनभने एमसीसी बोर्डले पहिले नै भनीसकेको छ कि यो सम्झौंता कुनै पनि हालतमा परिमार्जन हुदैन । यो देश र जनतालाई झुक्याउने देउवा प्रचण्ड र माधवको रणनीति मात्र हो । जीवनभर ढांट र बेइमानी को राजनीति गर्दै आएका प्रचण्डको बेइमानी फेरि एकपटक उदांगिएको छ । सधै सत्ता शक्ति र मान मात्र खोज्ने माधव नेपाल त्यसको लागि के के गर्न सम्म तयार हुन्छन भन्ने कुरो प्रष्टिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend