तस्बिरः प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं, १२ फागुन । सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच बालुवाटारमा सुरू भएको बैठक भर्खरै सकिएको छ।
बालुवाटारमा सुरू भएको बैठक भर्खरै सकिएको हो।
बैठकमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता ुएमसिसीु लगायत सबै विषयमा कुराकानी भएको तर कुनै सहमति नभएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।
कांग्रेसले आफ्नो कुरा राख्यो, हामीले आफ्नो कुरा राख्यौं। कुनै सहमतिमा भने पुगिसकेका छैनौं,ु उनले बैठकपछि सेतोपाटीसँग भने, ुहामीले कि १४ जना सांसद हटाउनुपर्ने कि सभामुखलाई हटाउनुपर्ने कुरा राख्यौं। उहाँहरूले पहिले एमसिसीलाई निकास दिऔं भन्नुभयो।ु
बैठकमा कांग्रेस तर्फबाट शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने एमाले तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए।
प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो। सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमसिसी पारित गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि सघन संवाद गरिरहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend