आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका प्रभावशाली नेताले ठोकेरै भने- राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना

एमालेका प्रभावशाली नेताले ठोकेरै भने- राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना

 

 

 

काठमाण्डौं १२ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुबीचको वार्ता जारी छ ।

सोही सन्दर्भमा एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आजै केही परिवर्तनको सम्भावना रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन,‘राष्ट्रिय राजनीतिमा आजै केही परिवर्तनको सम्भावना ।’

बालुवाटारमा भएको यो वार्तालाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । यसअघि आजै दिउँसो पनि यी दुई दलका नेताहरुबीच संसद भवनमा वार्ता भएको थियो । एमसिसी संसदमा टेबल भएसँगै पास गर्ने दौडधुपमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । एमसिसी पास गराउन एमाले सर्तसहित निर्णायक वार्ताका लागि बालुवाटार पुगेको हो ।

यसैबीच लामो समयको संवादहीनतालाई तोड्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ओलीलाई भेटेका थिए ।

प्रधानमन्त्री देउवाले यसअघि बालुवाटारमै जसपा अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका थिए । भट्टराई पनि एमसिसी पारित गराउने पक्षमा नै छन् । एमाले अध्यक्ष ओली र देउवाबीच सत्ता सहकार्यबारे छलफल चलेको बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend