ललितपुर । Avanish Distillery द्वारा उत्पादित २५ UP क्षमताको जुँगे काजी प्रिमियम रम ललितपुर जिल्लाको बजारमा उपलब्ध भइसकेको छ। मदिरा व्यवसायी संघ ललितपुरका अध्यक्ष हरिहर अधिकारीले उक्त उत्पादन सार्वजनिक गरेका हुन्।
मदिरा व्यवसायी संघ ललितपुरको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले “जुँगे काजी” प्रिमियम रम औपचारिक रूपमा सार्वजनिक गर्दै अब ललितपुरका उपभोक्ताले उक्त उत्पादन सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी दिए।
कार्यक्रममा मदिरा व्यवसायी, वितरक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। Avanish Distillery ले गुणस्तरीय र स्वदेशी मदिरा उत्पादनमार्फत बजार विस्तार गर्ने लक्ष्यसहित “जुँगे काजी” प्रिमियम रम बजारमा ल्याएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend