सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कास्की–३ मा दियो चिन्हसहित ओम प्रकाश विश्वकर्मा मैदानमा, जितप्रति विश्वस्त

कास्की–३ मा दियो चिन्हसहित ओम प्रकाश विश्वकर्मा मैदानमा, जितप्रति विश्वस्त

कास्की। नेपाल मातृभूमि पार्टीका  अध्यक्ष तथा  प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार ओम प्रकाश विश्वकर्माले कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिँदै आफू निर्वाचन जित्नेमा विश्वस्त रहेको बताएका छन्।

आज खबरब्रेकिंग संग कुरा गर्दै उम्मेदवार विश्वकर्माले जनतामा व्यापक उत्साह देखिएको उल्लेख गर्दै भने, “अब जनताले विकल्प खोजेका छन्, त्यो उत्साह मैले घरदैलोमै देखेको छु।” उनका अनुसार पुराना राजनीतिक दलहरूले लामो समय शासन गरे पनि जनअपेक्षा अनुसार काम गर्न नसकेकाले नै नेपाल मातृभूमि पार्टी नयाँ आशा र भरोसाको रूपमा अगाडि आएको हो।

उनले देशको राजनीति अब पुरानै शैली र संस्कारले चल्न नसक्ने भन्दै जनमुखी, जिम्मेवार र इमानदार नेतृत्वको खाँचो रहेको बताए। “हामी भाषणका लागि होइन, कामका लागि आएका हौँ,” उनले भने, “जनताले परिवर्तन चाहेका छन् र त्यो परिवर्तनको मत नेपाल मातृभूमि पार्टीलाई दिने विश्वास हामीले गरेका छौँ।”

उम्मेदवार विश्वकर्माले कास्की–३ का मतदाताहरूले विकास, रोजगारी, सुशासन र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राखेर मतदान गर्ने विश्वास व्यक्त गर्दै चुनाव चिन्ह दियो लिएर घर–घरमा पुग्ने अभियान तीव्र बनाइएको जानकारी दिए।

उनका अनुसार युवाहरू, किसान, श्रमिक र आम नागरिकमा पार्टीप्रति बढ्दो आकर्षण देखिएको छ। “यो चुनाव केवल जित–हारको मात्र होइन, नयाँ राजनीतिक दिशाको सुरुवात हो,” उनले थपे। नेपाल मातृभूमि पार्टीले कास्की–३ मा सशक्त प्रचार अभियान सञ्चालन गर्दै मतदातालाई दियो चिन्हमा मतदान गर्न आग्रह गरिरहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend