सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यसपटक राप्रपाको हलो चिन्हमा मतदान गर्न म सबै मतदातालाई आग्रह गर्दछुः पौडेल

यसपटक राप्रपाको हलो चिन्हमा मतदान गर्न म सबै मतदातालाई आग्रह गर्दछुः पौडेल

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य गोपाल पौडेलले देशको सार्वजनिक ऋण २८ खरब रुपैयाँ नाघिसकेको भन्दै यस अवस्थाका लागि जिम्मेवार दल, नेता र शासकहरूको भूमिकामाथि गम्भीर बहस हुनुपर्ने बताएका छन्।

पौडेलले सार्वजनिक ऋण निरन्तर बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै भने, “कुन–कुन दल र नेताको गलत नीति, असफल शासन र अदूरदर्शी निर्णयका कारण देश आज यति ठूलो ऋणको भार बोक्न बाध्य भयो भन्नेबारे अब खुला बहस आवश्यक छ। भोट हाल्दा नागरिकले गम्भीर रूपमा विचार गर्नुपर्ने समय आएको छ।”

उनका अनुसार देशलाई ऋणको दलदलमा पुर्‍याउने जिम्मेवारी केवल सत्तामा पुगेका नेताहरूको मात्र नभई बारम्बार गलत नेतृत्व र गलत पार्टीलाई मतदान गर्ने मतदाताको समेत रहेको छ। “लोकतन्त्रमा शक्ति मतबाट आउँछ। यदि गलतलाई मत दिइयो भने त्यसको परिणाम पनि सबैले भोग्नुपर्छ,” पौडेलको भनाइ छ।

राप्रपाका केन्द्रीय सदस्य पौडेलले अब पुराना गल्ती नदोहो¥याई मत बदलेर नयाँ राजनीतिक विकल्प रोज्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले आगामी निर्वाचनलाई अवसरको रूपमा लिन आग्रह गर्दै देशलाई अझ ऋणमा डुब्नबाट जोगाउन सचेत मतदान आवश्यक रहेको बताए।

उनले भने, “देशको अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा पुरानै सोच र पुरानै अनुहारले समाधान दिन सक्दैनन्। अब वैकल्पिक शक्ति आवश्यक छ। त्यसका लागि यसपटक राप्रपाको हलो चिन्हमा मतदान गर्न म सबै मतदातालाई आग्रह गर्दछु।”

पौडेलले देशको आर्थिक स्वाधीनता जोगाउन, अनियन्त्रित ऋण लिने प्रवृत्ति रोक्न र जिम्मेवार शासन स्थापना गर्न मतदाताको भूमिका निर्णायक हुनेसमेत उल्लेख गरे।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend