सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाठक नेकपामा प्रवेश

पाठक नेकपामा प्रवेश

काठमाडौँ । युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आज नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन्। सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले पाठकलाई खादामालासहित पार्टीमा भित्र्याएका छन्।

सो अबसरमा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए। पाठक गत प्रतिनिधिसभाको निर्वाचनमा झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘पुतली’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए । उनी लेखक एवं राजनीतिक विश्लेषक समेत हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend