सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्ततः उम्मेदवारी फिर्ता लिएका छन्। विभिन्न व्यक्ति र राजनीतिक दलहरूको आग्रहपछि उनले यो निर्णय गरेको बताएका छन्।

उम्मेदवारी फिर्ता लिएपछि भट्टराईले देश र जनताले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आफू पद र प्रतिस्पर्धाभन्दा माथि उठेर निरन्तर जनताको सेवामा समर्पित रहने उनको भनाइ छ।

हालसम्म उनले कसलाई समर्थन गर्ने भन्ने विषयमा स्पष्ट खुलासा गरेका छैनन्। तर, भट्टराईलाई उनका पुराना सहयात्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको खुलेको छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस्तै आग्रह गरेको बताइएको छ।

गोरखा–२ मा अब चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। नेकपाले अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मैदानमा उतारेको छ।

भट्टराईको उम्मेदवारी फिर्तासँगै गोरखा–२ को चुनावी समीकरण फेरिएको छ, जसले आगामी दिनमा यहाँको राजनीतिक समीकरणलाई थप चासोको विषय बनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend