सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजसंस्था हटाउनु गिरिजाप्रसाद कोइरालाको प्रतिशोधको परिणाम: तारानाथ लुईटेल

राजसंस्था हटाउनु गिरिजाप्रसाद कोइरालाको प्रतिशोधको परिणाम: तारानाथ लुईटेल

 

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुईटेलले नेपाली कांग्रेसले आफ्नो विधानबाट राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र हटाउनु तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजा प्रतिको प्रतिशोधस्वरूप गरेको आरोप लगाएका छन्।

अध्यक्ष लुईटेलले उक्त निर्णयकै कारण आज मुलुक अस्तित्वकै संकटमा परेको दाबी गर्दै नेपाल रहने कि नरहने भन्ने अवस्थासम्म आइपुगेको बताएका छन्। उनका अनुसार पश्चिमी मुलुकहरूको नेपालप्रतिको चलखेलले देशको सार्वभौमिकता र स्थायित्वमाथि गम्भीर चुनौती उत्पन्न भएको छ।

उनले अब छिमेकी देश भारत र चीनले पनि आफ्ना राष्ट्रिय हितका दृष्टिले नेपालबारे गम्भीर रूपमा सोच्ने समय आएको उल्लेख गरे। नेपालमा देखिएको अस्थिरताले क्षेत्रीय सुरक्षामा समेत असर पार्न सक्ने भएकाले राजसंस्था पुनःस्थापना भएमा नेपाल मात्र होइन, भारत र चीनलाई समेत राहत पुग्ने उनको भनाइ छ।

अध्यक्ष लुईटेलले राजसंस्था पुनःस्थापनाले देशमा स्थिरता, राष्ट्रिय एकता र पहिचान मजबुत हुने विश्वास व्यक्त गर्दै त्यसतर्फ गम्भीर बहस आवश्यक रहेको बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend