सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गोरखा–२ बाट चुनाव लड्ने बाबुरामको घोषणा

गोरखा–२ बाट चुनाव लड्ने बाबुरामको घोषणा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा लोकतान्त्रिक प्रगतिशील पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले देश अहिले राजनीतिक अन्योल र दिशाहीनताको अवस्थामा रहेको उल्लेख गरेका छन्। यही परिस्थितिले आफूलाई राष्ट्रिय जिम्मेवारी बोध गराएको र त्यसैका कारण गोरखा–२ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको उनको भनाइ छ।

उनले चुनाव चिह्नका रूपमा ‘खुलेको आँखा’ रोजिएको जानकारी दिँदै यस यात्रामा सबै पक्षबाट सहयोग, समर्थन र सद्भावको अपेक्षा गरेको बताएका छन्। भट्टराईले गोरखालाई राजनीतिक चेतना र परिवर्तनको केन्द्रका रूपमा स्मरण गर्दै यस क्षेत्रबाट फेरि एकपटक देशको भविष्य निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।आगामी फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend