सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

टिकट बाँड्न कांग्रेसले गठन गर्‍यो संसदीय बोर्ड

टिकट बाँड्न कांग्रेसले गठन गर्‍यो संसदीय बोर्ड

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । यही बोर्डले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पाएको छ ।

संसदीय बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित शीर्ष तहका नेताहरू समेटिने छन् । कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको जानकारी उपसभापति विश्वप्रकाश शर्माले दिएका छन् ।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा पुनर्संरचित भएको कांग्रेसले शुक्रबार मात्रै निर्वाचन आयोगबाट आधिकारिक दलको मान्यता पाएको थियो । त्यसको भोलिपल्टै उम्मेदवार छनोट संयन्त्र गठन गरेर पार्टीले चुनावी तयारीलाई तीव्र बनाएको संकेत दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend