सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रजातान्त्रीक पार्टी नेपालले ‘रथ’ चिन्ह लिएर २०८२ को निर्वाचनमा १६५ क्षेत्रमा उम्मेदवारी दिने

प्रजातान्त्रीक पार्टी नेपालले ‘रथ’ चिन्ह लिएर २०८२ को निर्वाचनमा १६५ क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौं । प्रजातान्त्रीक पार्टी नेपालले आगामी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनाव चिन्ह ‘रथ’ लिएर देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ । पार्टीले ‘रथ’ चिन्हलाई वैदिक सनातन परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको प्रतीकका रूपमा व्याख्या गर्दै यसले जनताको भावनालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष तारानाथ लुईटेलले ‘रथ’ धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण चिन्ह भएको उल्लेख गर्दै वैदिक सनातन हिन्दु अधिराज्य नेपाल र राजसंस्थाप्रति आस्था राख्ने नागरिकबाट व्यापक समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको पहिचान, परम्परा र मूल्य–मान्यताको संरक्षण गर्दै अघि बढ्ने राजनीतिक धारणा पार्टीको मूल एजेन्डा रहेको बताउनुभयो ।

अध्यक्ष लुईटेलका अनुसार प्रजातान्त्रीक पार्टी नेपालले आगामी निर्वाचनमार्फत वैदिक सनातन सभ्यता, राष्ट्रिय स्वाधीनता र संस्थागत स्थायित्वको विषयलाई जनतामाझ लैजाने लक्ष्य राखेको छ । पार्टीले चुनावी अभियानका क्रममा संगठन विस्तार, जनसम्पर्क र वैचारिक बहसलाई प्राथमिकतामा राख्ने जनाएको छ । पार्टी नेतृत्वले लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना विचार प्रस्तुत गर्दै जनताको मतमार्फत परिवर्तनको मार्ग रोज्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend