सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अंग्रेजी नयाँ वर्ष २०२६ तथा नेपाली टोपी दिवसको अवसरमा शुभकामना

अंग्रेजी नयाँ वर्ष २०२६ तथा नेपाली टोपी दिवसको अवसरमा शुभकामना

 

१७ पुष,काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ तथा नेपाली टोपी दिवसको अवसरमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली, आफन्त र शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमार्फत अध्यक्ष श्रेष्ठले नयाँ वर्षले सबैको जीवनमा सुस्वास्थ्य, दीर्घायु र समृद्धि ल्याओस् भन्ने कामना गर्नुभएको छ। उहाँले नेपाली टोपी दिवसले नेपाली पहिचान, संस्कृति र राष्ट्रिय गौरवलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै, नेपाली टोपी केवल पहिरन मात्र नभई हाम्रो इतिहास, स्वाभिमान र एकताको प्रतीक भएको उल्लेख गर्नुभएको छ।

अध्यक्ष श्रेष्ठले नयाँ वर्ष २०२६ लाई अवसर, आशा र सकारात्मक परिवर्तनको वर्षका रूपमा लिन आग्रह गर्दै व्यवसाय, रोजगारी र आर्थिक गतिविधिमा थप उर्जा र आत्मविश्वास पैदा होस् भन्ने कामना गर्नुभएको छ। साथै उहाँले देशको समग्र विकास, उद्योग–व्यवसायको प्रवर्द्धन र नेपाली समाजमा आपसी सद्भाव तथा एकता बलियो बनोस् भन्ने अपेक्षा समेत व्यक्त गर्नुभएको छ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल परिवारले पनि यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र प्रगतिले भरिएको नयाँ वर्षको कामना गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend