सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेहनत बिना प्राप्त हुनेत केवल आश्वासन मात्र हो : नेता टेक बहादुर पुन मगर

मेहनत बिना प्राप्त हुनेत केवल आश्वासन मात्र हो : नेता टेक बहादुर पुन मगर

 

१७ पुष,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता टेक बहादुर पुन मगरले राजनीति र समाज परिवर्तनका लागि श्रम, इमानदारी र निरन्तर प्रयास अपरिहार्य रहेको बताएका छन्। “काम गर, फलको पनि आशा गर। मेहनत बिना प्राप्त हुनेत केवल आश्वासन मात्र हो,” भन्दै उनले खोक्रा नाराभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेता पुन मगरले जनताको विश्वास जित्ने एकमात्र आधार परिणाममुखी काम भएको उल्लेख गर्दै विगतका वर्षहरूमा देशले धेरै आश्वासन सुनेको तर अपेक्षित उपलब्धि नपाएको यथार्थ औँल्याए। उनका अनुसार नेतृत्वले भाषणमा होइन, काममा प्रमाणित हुनुपर्छ। “राजनीति सेवा हो, सुविधाको साधन होइन,” उनले भने, “मेहनत नगरी फलको अपेक्षा गर्नु जनताप्रति अन्याय हो।”

उनले युवालाई श्रम र सीपमा भरोसा गर्न आग्रह गर्दै परिवर्तन बाहिरबाट होइन, आफैंबाट सुरु हुने धारणा व्यक्त गरे। रास्वपाले आश्वासन होइन, कार्ययोजना र परिणामसहित अघि बढ्ने नीति लिएको भन्दै पुन मगरले जनताको अपेक्षालाई कर्ममार्फत सम्बोधन गरिने विश्वास दिलाए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend