खबरब्रेकिंग,काठमाडौँ, माघ ७ गते । अग्रजलाई सम्मान आफुभन्दा जुनियर लाई माया र प्रोत्साहन भन्ने मुल नारा सहित जन गायक मोतिराज खनाल चुनावी अभियानमा जुटेका छन । नेकपा एमाले अर्घाखाँची – काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा जन गायक मोतिराज खनालले उम्मेद्बारी दिने बताएका छन । उनले लामो समयदेखी नेकपा एमालेको विभिन्न भातृ संगठनहरुमा काम गरेका छन । खनाल बिगतमा अर्घाखाँची – काठमाडौं सम्पर्क मन्च नेकपा एमालेको सास्कृतिक बिभाग प्रमुख र सचिवालय भित्र बसेर काम गर्दै गर्दा पार्टीले राष्ट्रिय जन साँस्कृतिक महासंघको जिम्मेवारी दिएको थियो । अहिले उनी अर्घाखाँची ( काठमाडौ सम्पर्क मन्चलाइ कार्यकर्ताको भावना अनुसार लैजानुपर्छ पार्टी कसैको पेवा हैन सबै कार्यकर्ताले पार्टी हाम्रो हो भनेर गौरव गर्ने खालको बनाउनु पर्छ भन्दै सुधारका एजेन्डा बोकेर नेतृत्वमा बसेर सम्पर्क मन्चलाइ हाक्ने मनसायले चुनावी मैदानमा होमिएका छन । युवा नेता जन गायक खनाल निरङ्कुशता विरुद्ध बिभिन्न आन्दोलनमा सहभागिता थिय । खनाल २०६२र६३ सालमा निरंकुश राजतन्त्रको बिरुद्ध लोकतन्त्रको लागि १९ दिने जनआन्दोलन हुँदा दमनको बिरुद्धमा आन्दोलनमा होमिदा पुलिसको लाठिले सख्त घाइते भएका थिए । त्यतिबेला सात राजनीतिक दलले खनालको उच्च मुल्याङ्कन गर्दै घाइतेको प्रमाणपत्र दिएको थियो । खनालले घाइते हुदा पनी राज्यलाइ भार नपार्ने भन्दै आफ्नै खर्चले उपचार गरेर ठिक भएका थिए ।
घाइतेहरुलाइ आजिवन सुबिधा दिने सरकारले निर्णय गरेपनी तपाइले सुबिधा नलिनुको कारण के हो ? भन्ने पत्रकारको प्रश्नमा आफ्नो घाउ चोट निको भएको हुनाले मैले त्यो सुबिधा लिनु देश प्रतिको गद्धारी हो भन्ने ठानेर मैले सुबिधा लिइन जन गायक खनालले भने ।
घाइते भएर हात खुट्टा गुमेका असक्त काम गर्न नसक्ने योद्धाहरुले त्यो सुबिधा लिनुपर्छ र राज्यले पनि छानबिन गरेर दिनुपर्ने खनालको भनाइ छ । खनालने आफ्नो कलाकौशल बाट समाज रुपान्तरणणमा ठुलो भुमिका खेलेका छन् । नेकपा एमालेको चुनाबी गीत देखी लिएर गरिब निमुखा जनताका आवाज बुलन्द पार्ने खनालले थुप्रै गीतको सिर्जना गरेका छन् । समाजका बिकृती र बिसङ्गती बिरुद्ध कलाकारिता क्षत्रबाट ठुलो योगदान गरेका छन् ।
खनालले गीत संगितका अलवा थुप्रै सन्देश मुलक टेलीसिरियल , लेख , कबिता जस्ता रचनात्मक बिधाबाट आफ्नो पहिचान बनाउन सफल भएका छन । आगामी माघ २७ गते हुन लागेको नेकपा एमाले अर्घाखाँची – काठमाडौं सम्पर्क मन्चको अधिवेशनमा सानदार जित हासिल गर्नेमा खनाल ढुक्क छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend