सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्र निर्माणको प्रवर्द्धन कसरी गर्ने ?

राष्ट्र निर्माणको प्रवर्द्धन कसरी गर्ने ?

भक्त के सी

राजनेताहरु चमत्कारी कुरो मात्र गर्छन, बिस्वासनीय कुरो नगर्ने नेताबाट जनताले के आसा गर्ने । नेताहरूमा जसरी हुन्छ सत्ता र शत्तिमा आफु पुग्नै पर्ने मानसीकता छ । जनताले नेतासंग गर्ने आसा गर्ने कसरिरु जनताका गुनासाहरू नसुन्ने, जनतालाई भन्दा आफुलाई ठुलो ठान्ने प्रवृत्तिहरू देखा पर्छ स्टन्ट गर्ने के हो ? तेही मेसो मा मिलाएर उ ठुलो नेतासंग नजिक हुन्छ। नेताले नेतासंग मिलेर देस विकास गर्ने चमत्कारी कुरो मात्र गर्छन, बिस्वासनीय कुरो न गर्ने नेताबाट जनताले के आसा गर्ने ।नेताहरूको भाषण हरेक दिन सञ्चार माध्यमा सुनिन्छ , आफु भन्दा अरुलाई सधै गलत ठान्ने प्रवृतीनै नेपाली राजनितिको सबै भन्दा ठुलो भुल भएको छ । मिलेर राष्ट्र निर्माण को बाटो लिने कुरै छैन । जब तपाईंहरूले आफुलाई नियन्त्रण गर्न सक्नुहुन्न, तब तपाईंहरुको मित्रताले अर्कै मोड लिनेछ दीर्घकालीन विकासले गति लिनेछ कि छैन ? ।सबैले आफुलाई बिर्सनु हुन्न।सम्पति नै सबैभन्दा ठुलो मान्ने मानिसको जीवन दास मानसिकताकै वरिपरी बित्छ आफुलाई ठुलो ठान्ने, सबै थोकको ज्ञाता ठान्ने। आफुलाई ठुलो जात हु भन्नेहरुको आडम्बरको जमातले समाजको एउटा हिस्सालाई अछुत ठान्ने अब यो गुलामीलाई बहिस्कार गरौ, सबैले जीवनमा एउटा नयाँ मोड आउछ खुशी केलाई ठान्ने रु दुस्खी हुँदा संसार अँध्यारो देख्नेहरूको सङ्ख्या ठुलो छ । जीवनले अर्को अर्थ लिनेछ अक्सर अचानक र अप्रत्याशित रूपमा हुने प्रतिकूल घटनाहरू हुन्छन हामीसँग धेरै खराब घटना र अनुभव छ । नराम्रो अनुभव,अप्रिय अनुभवहरु निराशा ,आपदाअवस्था,अप्रिय घटना र निराशाजनक परिस्थिति आउछ । नागरिकका बिश्वासहरु सबैले स्वार्थी संसारमा बिलिन गराउदा नराम्रो अनुभवहरू पाएका छौ । शायद त्यो कुर्सी नै तेस्ताइ होला सबैले आफु रहदामा मात्र देश सुरक्षित ठान्ने यस्तो विचारले यसले भविष्यको सम्भावनालाई पनि जोखिममा पार्छ । नराम्रो राजनीतिज्ञ उद्धरण यदि तपाई कुनै कुरामा राम्रो बन्न चाहनुहुन्छ भने, तपाई पहिले आफु हुनु पर्छ यदि तपाई केहिमा राम्रो हुन चाहनुहुन्छ भने, तपाई पहिले सक्रिय हुनु पर्यो र इच्छुक हुनुपर्दछ। हामी सबै नागरिक द्दद्दवीं सदीमा पनि नालीमा छौं, तर हामी मध्ये केहीले ताराहरू हेरिरहेका छन् ।असल राजनीतिक प्रणालीले संस्थालाई सुधार गर्छ। खराब राजनीतिले सधैं व्यक्तिमा शक्ति केन्द्रित गर्ने र समस्याको लागि व्यक्तिको आलोचना गर्ने प्रयास गर्छ। असल विचारको राजनीतिले सधैं नागरिकलाई सशक्त बनाउने प्रयास गर्छ । नेपालमा आफ्नोपन नेपाली समाजलाई चाहिने विकास प्रगति, शिक्षा, सीप, विकास, सुरक्षित प्लानिङ छैन । यहा भिन्न(भिन्न बिदेशीको हाइब्रिड प्रणालीहरू छन् ।सम्बन्धित गतिविधिहरूको सेट नै बोकिरहेको देखिन्छ । राष्ट्रमा राम्रो राजनीति हुन्छ भने त्यसैले कुशल नेतृत्वलाई खराब राजनीतिमा नमिलाउन सचेत गर्छ । असल राजनीतिज्ञले पनि बलियो सञ्जाल निरमाण गर्न सक्छन ।
विदेशमा अध्ययनले करियरको सम्भावनालाई बढावा दिन सक्छ र भाषा कौशलमा उल्लेखनीय सुधार गर्न सक्छ, यसलाई अमूल्य अनुभव बनाउँछ। र विदेश जाने यो जानुको ठूलो कारण नेपालमा अस्थिर राजनीति र कम तलब प्याकेज हो। हामी सबैलाई थाहा छ कति फ्रेसर हुन्छ । परिवार घर चलाउनको लागि विदेशिनु सबभन्दा ठुलो कारण फ्रस्टेसन नै हो । कसैले क्यारियरलाई छोड्नुहुन्न किनभने तपाईं अहिले आमारबुवा बाल बच्चा संग हुनुहुन्छ। आजकल नागरिकलाई आफ्नो परिवारको लागि विदेशमा आफ्नो रोजगार जारी राख्न रुचाउँछन् । कारण राष्ट्रव्यापी सुबिदा रोजगारी छैन , राज्यले स्वरोजगार ब्यबस्था , मिनिमम बैंक ब्याज दर, पानी आपूर्ति, बिजुली आपूर्ति र सडक आवश्यकता पुरा गरी समयमा , स्वास्थ्य बीमा, सेवानिवृत्ति लाभहरू र अधिक सहित प्रतिस्पर्धात्मक लाभ प्याकेज प्रदान गर्नु पर्छ । अनि बल्ल नागरिक विदेश पलायन रोकिञ्छ ।राष्ट्र निर्माण भनेको राज्यको शक्ति प्रयोग गरी राष्ट्रिय पहिचानको निर्माण वा संरचना गर्नु हो । राष्ट्र निर्माणको उद्देश्य राज्यभित्रका जनताको एकीकरण हो जसले गर्दा राज्य राजनीतिक रूपमा स्थिर र दीर्घकालीन रूपमा व्यवहार्य रहन्छ । राज्य निर्माण, प्रजातन्त्रीकरण, आधुनिकीकरण, राजनीतिक विकास, द्वन्द्वपछिको पुनर्निर्माण र शान्ति निर्माणका साथ प्रयोग हुनुपर्छ ।राष्ट्र निर्माणको मुख्य उद्देश्य हिंसामुक्त समाजलाई शान्तिपूर्ण बनाउनु हो । सुरक्षा, खाना, बास र आधारभूत सेवाहरू पहिले उपलब्ध गराउनुपर्छ। आर्थिक र राजनीतिक उद्देश्यहरू एक पटक यी पहिलो(क्रम आवश्यकताहरू पूरा भएपछि पछ्याउन सकिन्छ। राष्ट्र निर्माणमा पहिलो र सबैभन्दा महत्वपूर्ण तत्व भनेको ज्ञान, साक्षरता र शिक्षामा पहुँच हो । शिक्षा हरेक राष्ट्रको मेरुदण्ड भएकोले सशक्तिकरणको कुञ्जी पनि हो । चाखलाग्दो कुरा के छ भने राष्ट्रलाई सशक्त बनाउने सबैभन्दा राम्रो तरिका भनेको राष्ट्रका विद्यार्थीहरूलाई सशक्त बनाउनु हो। राष्ट्र निर्माणको प्रवर्द्धन कसरी गर्ने रु संवैधानिक मूल्यहरु लाई बढावा दिदै। समान अवसर, समावेश र समाधान, जाति र वर्गमा बढेको अन्तरक्रिया मार्फत समाजमा सामाजिक एकता प्रवर्द्धन गर्दै। सक्रिय नागरिक र नेतृत्व प्रवर्द्धन। एक सामाजिक कम्प्याक्ट पालनपोषण।सामुदायिक विकासका सिद्धान्तहरू मानव अधिकार सुरक्षित गर्नुहोस्। जीवनको गुणस्तर बढाउनुहोस्। सामाजिक न्यायको प्रवर्द्धन गरौं । बटम अप दृष्टिकोणस् सामुदायिक सहभागिता र संलग्नता। साझेदारी र सहयोग। दिगोपन।आदिवासी विश्व दृश्य र स्थानीय संस्कृतिको सम्मान गर्नुहोस्। लचिलोपन र सशक्तिकरण। जोश , दुर दृष्टि, विश्वास, सावधानीपूर्वक योजना तयारी, र जनसांख्यिकीय विविधता, सहयोग र साझा उद्देश्य, खुलापन र सिकाइ, पारदर्शिता र विश्वास, प्रभाव र कार्य, दिगो संलग्नता र सहभागिता संस्कृति जागरण आदि ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend