सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सिके राउतले रवि लामिछानेलाई भने -कम ब्याक हिरो

सिके राउतले रवि लामिछानेलाई भने -कम ब्याक हिरो

काठमाडौं १३ माघ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा। सिके राउतले रवि लामिछानेले देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गरेको भनेर स्मरण गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज रविको सांसद र मन्त्री पद खारेजी गरिदिएको छ। उनले अमेरिकी नागरिकता परित्याग गरेपनि नेपाली नागरिकता पूनः प्राप्तिको लागि प्रक्रिया अवलम्बन नगरेको भन्दै अनागरिक भनेको छ।

राउतले विकसित परिस्थितिबारे आफ्नो धारणा राख्दै ट्विटरमा लेखेका छन्(

प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा ३रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend