सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

समाधान होइन, आत्मा दहन

समाधान होइन, आत्मा दहन

बिष्णु प्रसाद शर्मा,
समय काल, परिस्थिती कसैको चाहाना अनुसार हुने वा आउने होइन । परमात्माले सृष्टि गर्दाकै बखत निर्धारण गरिएको अबस्था हो । राजनीति बिश्वका सबै मुलुकहरुले गरेका छन । फरक यति मात्रै हो की देश र जनताको स्थान नेपालको जस्तो गिरेको र राजनीतिज्ञहरु बिकेका हँुदैनन् ।
नेपालमा बैरी फिरंगीहरुले पुरानो रिस साधना गर्न र उत्तरि छिमेकी चीन छिर्न नेपाली दलीय राजनीतिकज्ञहरुलाई पूर्ण रुपले खरिद गरेको छ र दलका हलिहरु बिकेर बिदेशीहरुका गोठाला बनेका छन । नेपाल देशको नाम बेचेर राजनीतिक अजेन्डा बोकेका मात्रै छन । २०४६ अघिको इतिहासमा देश र जनता प्रति उत्तरदायि सरकार बन्ने गर्दथ्यो भने त्यो समय काल र परिस्थिती पछि नेपालको राजनीति बिदेशीहरुको हात र पकडमा पुगेको छ ।
सत्य युग थियो, दैत्यहरुले लामो समय सम्म तपस्या गर्दथे, कसैले ब्रहमाको तपस्या गरेर बरदान पाएर केही समय राज गरेका थिए । कसैले महादेवको तपस्या गरेर पाएको बरदानको आडमा घोर अपराध गरेका थिए भने ती बरदान नष्ट गर्न गणेश, कुमार, बिष्णु, पार्वती र स्वयं नै महादेवले युद्ध लडन परेको थियो । देवताहरु सधै निरिह नै रहनु परेको कथाहरु सुनेकै छौ । दैत्य राजमा आत्मा दहन र बिचलित किन ? यो प्रश्नको उत्तर दैत्यहरुको बिजय लामो समय कहाँ रहेको छ र ? केलाएर हेर्न जान्नु परेको छ ।
अमुक कसैको राजनीतिक पृष्ठ भुमिमा पुग्दा कतै छोराको हत्या, श्रीमति श्लो बिषाक्तले अर्ध चेतन कतिको लामो समयको पीडाले निधन भएको देखिएकै छ । हामीहरुले बिराएको, बिगारेको देखेर आत्मा दहन किन गर्ने ? त्यसैले आत्मा दहन समाधान होइन । यो अबुझले आबेशमा आएर अर्को अपराध गर्ने काम मात्रै हो । सतिदेबीले यज्ञकुण्डमा हाम फाले ज्यान फालिन बिश्वका मानवहरुले पीडा सहन गर्नु पर्यो । यो गलत काम नगरौं सकिन्छ भने हनुमानले लंका दहन गरे झै अमुकहरुलाई परास्त गराउने काममा एकता कायम गदैं अगाडि बढौं ।
बिदेशी बैरी फिरंगीको कुटील चालहरु हामी सबैले बुझि सकेका छौं । त्यो कुटिलतालाई ध्वस्त पार्न एकताको खाँचो छ, हामी एक भएर राष्ट, राष्टियता र स्वाधिनताका लागी जुटौं । फुटेर समाधान हँुदैन र बिकाउले सखाप बनाएको छ, होसियार रहौं ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend