काठमाडौं १३ माघ । सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार घटेको छ । हिजो बिहीबार भने हालसम्मकै उच्च मूल्य कामय गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार एक सय रूपैयाँ घटेर एक लाख पाँच हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावल सुन प्रतितोला सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रूपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
त्यस्तै बिहीबार तोलामा १५ रूपैयाँ बढेको चाँदी शुक्रबार स्थिर छ । शुक्रबार चाँदी बुधबारकै मूल्य एक लाख ३८० रूपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend