सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनीतिक नेता र निजामती कर्मचारीले अवलम्बन गर्नुपर्ने आचरण र अनुशासन

राजनीतिक नेता र निजामती कर्मचारीले अवलम्बन गर्नुपर्ने आचरण र अनुशासन

भक्त के सी
असल आचरण असल नतिजा को आचरण व्यक्तित्व उच्च नैतिक अनुशासनमा अब्बल मानिएको उन्नयनका निमित्त संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ राजनीतिक नेता र निजामती कर्मचारीले अवलम्बन गर्नुपर्ने आचरण र अनुशासन समयमा पालना र नियमितता , आफ्नो पदीय जिम्मेवारीको पालना गर्दा सदैव राष्ट्र र जनाताको हितको ख्याल राखी गर्नु पर्छ । सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने हुन्छ , हरेक पेशा तथा व्यवसायमा कर्मचारीहरुले निश्चित आचरणको पालना गर्नुपर्ने हुन्छ । अवलम्बन गर्नुपर्ने आचरण र अनुशासन समयमा पालना र नियमित सुशासन, समावेशी र समृद्ध नेपाल बन्न सके नयाँ नेपाल हो । भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र सदाचार र नैतिकता हरेक मानिसले पालना गर्दै व्यक्तिगत व्यवहार तथा पदीय आचरण व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो–नराम्रो सबै काम–कुराहरु चालचलन असल आचरण या सदाचार भन्नाले सत्य, इमान र मानवताप्रतिको उसको दृष्टिकोण के हो आचरण भनेको के हो भन्ने व्यवहारले संकेत गर्दछ केहि बाह्य वा आन्तरिक उत्तेजनाहरूको समयमा गरिने ब्यबहार शिक्षाले गर्दा नै असल आचरण निर्माणको माध्यम हो भनिएको छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।राजनीतिक रूपमा प्रजातान्त्रीकरण, आर्थिक रूपमा राम्रो बिचार, असल आचरण र नैतिक इमानदार नै सदाचार मानिन्छ । नीति, नियम र व्यवहारप्रति नैतिकता भनेको सुविचार, असल वा उत्तम आचरण इमान्दारिता देखाउने क्षमता नै बिकास्उन्मुख हुन्छ ।देशका लागि, जिन्दगीभरी समाजका लागि जस्तो सोचिन्छ र गरिन्छ तेस्तै हुन्छ ।

नेपालमा किन बनेन सदाचार नीति लोकतन्त्र एक आदर्श शासन प्रणाली हो । जनताकै इच्छाअनुसार जनताले निर्वाचित नेताको राजनीति संस्थाको संस्थागत चरित्र, आदर्श हुनुपर्छ । ती बृहत् मानवीय मूल्यबाट निर्देशित हुनुपर्छ । अहिले सार्वजनिक पदाधिकारीहरू कानुनले तोकिदिएको काम र आचरण पनि पूरा गर्दैनन्, नैतिक आदर्श र सामाजिक अपेक्षा पूरा गर्नु त परको कुरा । यस अवस्थामा आत्मशुद्धि र सदाचार कायम गर्नु निकै कठिन काम भएको छ । मानव सभ्यता, समाज व्यवस्था र राज्यप्रणाली व्यवस्थित गर्ने नैतिक शक्ति सदाचारले मात्रै हो । अरूले गरेको कामलाई राम्रो–नराम्रो छुट्याउन, उचित काम गर्न, उचित मत÷अभिमत दिन, सही व्यवहार गर्न आत्मिक शुद्धता चाहिन्छ । कानुन, नीति, संरचना र संगठन मात्र सदाचार कायम गर्न पर्याप्त छैनन्, तर केही आधार भने जरुर दिन्छन् । सदाचारको नीति, संरचना लागू गर्न विगत बर्षौ देखि सदाचार नीति ल्याउने तयारी गरे पनि त्यसलाई मूर्तता दिई घोषणा गरिएको छैन । विडम्बना १ सदाचार र नैतिक आचरणका विषयमा अध्ययन, पैरवी र शिक्षा दिनेहरू पनि सदाचारमा बाँधिन चाहिरहेका छैनन् । सदाचार नीति धकेलिएकोधकेलियै छ । अहिले नेपाली समाजमा चाहिएको विषय नै सदाचार र सुशासन हो ।मानवीय मूल्य मान्यता, आदर्श संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि मात्र नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो ।पदाधिकारीका आचरण व्यवस्थित गर्ने नीति, नियम र आचारसंहिता लागू गर्ने भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र सामाजिक परम्पराहरु छन् समानता र सामाजिक समाबेशीता एकले अर्कोलाई सघाउने अर्थात् कोअपरेटिभ फिलिङ सामाजिक सोच, विचार, चिन्तन र व्यवहार गतिशील प्रक्रिया हो ।
व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ । खराब व्यक्तिका नेतृत्वमा संस्थाहरू बिटुलिन्छन् र नीति निष्ठाजस्ता सदाचारका आधारशिलाहरू मक्किँदै, कमजोर हुँदै जान्छन् । मुल्य, मान्यता · व्यवसायिकता। सहकारी सिद्धान्त बिपरित गैरसदाचारीले दिने नीतिनिर्देशनले सदाचारलाई उपेक्षा गर्छ र आचार व्यवस्था उपेक्षित बन्दै जान्छ । बचेखुचेका सदाचारीहरू लछारिन्छन् र खराब प्रणाली बेस्सरी मौलाउँछ । केही ठाउँमा सामाजिक विकृति र विसंगतिहरू मौलायको छ , सदाचार, करुणा र अहिंसा जस्ता विषयलाई छायामा परेको छ । अहिलेको नेपालको अवस्था यही हो । मुल्य मान्यता समाजले एउटै रहन(सहन, व्यवस्था, धर्म आदि । थर भनेको त मानिसको परिचय मात्र हो। एउटा असल छिमेकी समाजको पहरेदार हो ।मानिस सामाजिक प्राणी हो सभ्य समाज भनेको कुनै पनि सामाजिक रुपमा मर्यादित समाज हो । सुरक्षित समाज निर्माणमा साथै सकारात्मक परिवर्तन यसै मार्फत असल समाज र राष्ट्र निर्माण हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend